गोदावरीका ६४ कुकुरलाई रेविज खोप लगाइयो

अत्तरिया – १७ औ विश्व रेबिज दिवसको अवसरमा गोदावरीमा निःशुल्क खोप कार्यक्रम संचालन गरिएको छ । गोदावरी नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा खोप कार्यक्रम संचालन गरिएको हो ।

maya metro hospital

गोदावरी नगरपालिका – ३ चौकीडाँडामा आयोजना गरिएको निःशुल्क खोप कार्यक्रममा ६४ जनाले सेवा लिएको स्वास्थ्य शाखा प्रमुख राम सार्कीले बताए । खोप कार्यक्रम अघि पशु सेवा शाखाले अत्तरियामा ¥याली निकालिएको थियो । –यालीमा पशु प्राविधिक तथा नगरपालिकाका पशु शाखाका कर्मचारीहरुको सहभागीता रहेको थियो । धनगढी रोडमा रहेको नगरपालिकाकै पशु सेवा केन्द्रबाट सुरु भएको –याली अत्तरिया बजार परिक्रममा गरेर सकिएको थियो ।

joshi vada pasal 2

¥याली पश्चात बोल्दै नगरपालिकाका पशु सेवा शाखा प्रमुखसार्कीले विश्व रेबिज दिवसको अवसर पारेर ¥यालीको आयोजना गरिएको बताए । ‘रेबिज नियन्त्रण : एक स्वास्थ्य एक गन्तव्य’ भन्ने मुल नाराका साथ यही असोज ५ गतेदेखी सुरु भएको रेबिज सप्ताहको मंगलबार अन्तिम दिन भएको उनले बताए ।

उनले तथ्यांकका आधारले रेबिज नदेखिएपनि नगरमा रेबिजको जोखिम उच्च रहेको बताए । उनले रेबिज प्राणघातक रोग भएकाले यसको न्यूनिकरणका लागि रेबिजविरुद्धको खोप लगाउनु एकमात्रै विकल्प भएको बताए ।

‘रेबिज लागेर बाचेँको मानिस आजसम्म देखिएको छैन’ उनले भने ‘यो प्राणघातक भएकाले रेबिज विरुद्धको खोप लगाउनु अनिवार्य छ ।’ उनले रेबिज विरुद्धको खोप नगरपालिकाले वडा नम्बर ५ गेटा र वडा नम्बर १ मा रहेको पशु सेवा केन्द्र मार्फत निःशुल्क रुपमा लगाउदै आएको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.