भातरबाट अवैध रुपमा भित्र्याइएको तरकारी खाल्डोमा हालियो

अत्तरिया – कञ्चनपुरमा भारतबाट अवैध रुपमा भित्र्याइएको तरकारी खाल्डोमा हालिएको छ । इलाका प्रहरी कार्यालय बेलौरीले भारतबाट अबैधरुपमा ल्याउदै गरेका ४८ हजार ६ सय बराबरको काँक्रा, करेला, फर्सी, भेडेखुर्सानी, खुर्सानी, काउली, प्याज, चुकुन्दर, बोडी, भिण्डी, आलु, टमाटर र भण्टा बरामद गरी खाल्डोमा हालेर नष्ट गरेको हो ।

maya metro hospital

प्रहरीले बेलौरी नगरपालिका – ६ बैशाखा स्थित उक्त तरकारी बरामद गरेको जनाएको छ । बरामद गरिएको तरकारी स्थानीय प्रतिनिधी, उद्योग बाणिज्य संघका प्रतिनिधी, क्वारेन्टाईन बेलौरीका प्रतिनिधी र पत्रकारहरुको रोहवरमा बिहिबार नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

joshi vada pasal 2
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.