विश्व रेबिज दिवसका अवसरमा अत्तरियामा -याली

अत्तरिया – विश्व रेबिज दिवसको अवसर पारेर कैलालीको अत्तरियामा -याली निकालिएको छ । १७ औ विश्व रेबिज दिवसको अवसरमा गोदावरी नगरपालिका पशु सेवा शाखाले -याली निकालेको हो । -यालीमा पशु प्राविधिक तथा नगरपालिकाका पशु शाखाका कर्मचारीहरुको सहभागीता रहेको थियो । धनगढीरोडमा रहेको नगरपालिकाकै पशु सेवा केन्द्रबाट सुरु भएको -याली अत्तरिया बजार परिक्रममा गरेर सकिएको थियो ।

maya metro hospital

-याली पश्चात बोल्दै नगरपालिकाका पशु सेवा शाखा प्रमुख रामबहादुर सार्कीले विश्व रेबिज दिवसको अवसर पारेर -यालीको आयोजना गरिएको बताए । ‘रेबिज नियन्त्रण : एक स्वास्थ्य एक गन्तव्य’ भन्ने मुल नाराका साथ यही असोज ५ गतेदेखी सुरु भएको रेबिज सप्ताहको आज अन्तिम दिन भएको उनले बताए । सप्ताहको अन्तिम दिनमा -याली सहित रेबिज विरुद्धको खोप लगाउने कार्यक्रम रहेको उनले बताए ।

joshi vada pasal 2

उनका अनुसार नगरपालिकाको वडा नं. ३ को कार्यालय अगाडी घरपालुवा कुकुर र विरालोलाई रेबिज विरुद्धको खोप लगाउने कार्य गरिने बताए । उनले दिवसको अवसर पारेर मात्रै नभई अन्य समयमा पनि नगरपालिकाको पशु सेवा शाखाले रेबिज विरुद्धको खोप निःशुल्क रुपमा लगाउने कार्य गरिरहेको बताए । ‘आज दिवसको अवसरमा निःशुल्क खोप त छदैछ, यसपछि पनि नगरका सबै वडाहरुमा रेबिज विरुद्धको खोप लगाउने कार्य गरिनेछ’ उनले भने ‘नगरबाट रेबिज उन्मुलन गर्ने लक्ष्य हाम्रो रहेको छ ।’

उनले तथ्यांकका आधारले रेबिज नदेखिएपनि नगरमा रेबिजको जोखिम उच्च रहेको बताए । उनले रेबिज प्राणघातक रोग भएकाले यसको न्यूनिकरणका लागि रेबिजविरुद्धको खोप लगाउनु एकमात्रै विकल्प भएको बताए । ‘रेबिज लागेर बाचेँको मानिस आजसम्म देखिएको छैन’ उनले भने ‘यो प्राणघातक भएकाले रेबिज विरुद्धको खोप लगाउनु अनिवार्य छ ।’

उनले रेबिज विरुद्धको खोप नगरपालिकाले वडा नं. ५ गेटा र वडा नं. १ मा रहेको पशु सेवा केन्द्र मार्फत निःशुल्क रुपमा लगाउदै आएको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.