गोदावरीमा लागुऔषध विरुद्ध घरदैलो अभियान

अत्तरिया – लागुऔषध विरुद्ध जनचेतना जगाउन प्रहरीले घरदैलो अभियान थालेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीले लागु औषध विरुद्ध गोदावरीमा घरदैलो अभियान थालेको हो । ‘लागुऔषध विरुद्वको महाअभियान २०८०’ अन्तरगत प्रहरी घर–घरमै पुगेर जनचेतना जगाउन सुरु गरेको इलाका प्रहरी कार्यालय मालोखतीले जनाएको छ ।

maya metro hospital

अभियान अन्तरगत बुधबार गोदावरी नगरपालिका – ४ बास्कोटाका घरघरमै पुगेर लागु औषध विरुद्ध सचेतनामुलक पर्चा वितरण गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए । उनले ३ सय जनाको घरदैलोमा पुगेर लागु औषध विरुद्ध सचेत गराउँदै ५ सय पर्चा पम्पलेट वितरण गरिएको बताए ।

joshi vada pasal 2

घरदैलो अभियानमा प्रहरी निरिक्षक रबिन्द्र बहादुर कठायतको नेतृत्वमा ७ जनाको टोली परिचालन गरिएको थियो । लागु औषध नियन्त्रण चुनौतिपूर्ण बन्दै गएपछि प्रहरीले घरदैलो अभियान मार्फत यसको नियन्त्रणका लागि अभियान सुरु गरेको जनाएको छ ।

लागुऔषधको जालोमा किशोर तथा युवाहरु फस्न थालेपछि पछिल्लो समय दैनिक जसो पक्राउ पर्ने क्रम पनि बढेको छ । आर्थीक बर्ष २०७९÷०८० मा इलाका प्रहरी कार्यालय मालाखेतीले ६ महिला सहित ८४ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरुको साथबाट खैरो हेरोइन ५३ ग्राम २५० मिलिग्राम, चरेश १७ किलोग्राम २ सय ग्राम, नाइट्रोभेट ४१ ट्याब्लेट, स्पास्मो ७४ ट्याब्लेट, ट्रामोडेल ८ ट्याब्लेट, प्रेगा ४० ट्याबलेट बरामद गरिएको थियो ।

कैलाली प्रहरीको तथ्याङ्क अनुसार दैनिक एक भन्दा बढी लागु औषधका मुद्दा प्रहरीमा दर्ता हुने गरेका छन् । प्रहरीले गएको साउन एक गतेदेखि भदौ ३१ गतेसम्म २ महिनाको अवधि अर्थात् ६३ दिनमा ७३ ओटा लागु औषधका मुद्दा दर्ता गरेको छ ।

सो अवधिमा ईलाका प्रहरी कार्यालय मालाखेतिले १९ ओटा मुद्दा दर्ता गरेको छ भने ३४ जना पक्राउ गरेको छ । ३५ ग्राम १०१ मिलिग्राम खैरो हिरोइन बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.