श्रमदानका लागि उर्लियो ओलानी

अत्तरिया – श्रमदान गरेर कैलालीको चौकिडाँडा–फल्टुडे जोड्ने सडकमा झाडी सफाइ गरिएको छ । ओलानीको लाइफलाइनका रुपमा लिइने उक्त सडक कालोपत्रे हुने आशामा कुरेको स्थानीयका वर्षौ बितिसकेको छ । सडक कालोपत्रे नहुँदा अहिले पनि ओलानी पुग्न निकै कष्टकर यात्रा गर्नु पर्ने बाध्यता छ । त्यसैमा बर्सातको समयमा सडक किनारामा उम्रिएको झाडीले सडक ढाकिन थालेपछि शनिबार सयौँ मानिस सडकमा उत्रिएर झाडी सफा गरेका हुन ।

Karma Consultancy

गोदावरी नगरपालिका – ११ ओलानीमै रहेको गोदावरी कृषि विकास सहकारी संस्थाले शनिबार आफ्नो १२ औं स्थापना दिवसको अवसरमा वृहत जनश्रमदानको आह्वान गरिएको थियो । सोही आह्वान पछि सहकारीमा आवद्ध भएका संगै अन्य स्थानीयहरु पनि चौकिडाँडा फल्टुडे सडक अन्तरगत चाक्लेखोला देखि रेगुलेटर सम्मको मुल सडकमा सफाइ गर्न घर–घरबाट हँसिया, कोदालो लिएर सडकमा उत्रिएका थिए ।

citizen security services

सहकारीका अध्यक्ष कृष्ण बहादुर विकले सरसफाइ कार्यक्रम देखिएको सहभागिताले ओलानी श्रमद्धान गर्न तयार रहेको सन्देश दिएको बताए । ‘निस्वार्थ गरिने सामाजिक काममा मानिसहरूको सहभागिता घटिरहेको बेलामा हामीले त्यस्तो भावना चिर्नको लागि सरसफाइ अभियान सुरु गरेका हौ’ उनले भने ‘आज हामीले देशभरी ओलानीका मानिसहरूले पनि श्रमदान गर्छौ भनेर सन्देश दिन सफल भएका छौ ।’

attariya hospital

उनले शनिबारबाट ओलानीमा श्रमदान गर्ने अभियान सुरु भएकाले आगामी दिनमा यसलाई निरन्तरता दिन आवश्यक रहेको बताए । ‘हामीले सहकारीको वार्षिक कार्यविधि बनाउँदा नै स्थापना दिवसका रुपमा मनाउने घोषणा गरेका थियौ’ उनले भने ‘अझै पनि धेरै ठाउँमा सरसफाइ गर्न बाँकी रहेकोले समुह बनाएर सरसफाइ गरिने छ ।’

उनले सहकारीको स्थापना दिवस ४ दिन सम्म विभिन्न सामाजिक काम गरेर मनाउने बताए । ‘स्थापना दिवसको पहिलो दिन हामीले सरसफाइ गरेका छौ । दोस्रो दिन घरघरमा वृक्षारोपण गर्ने छौ’ उनले भने ‘तेस्रो दिन सहकारीमा आवद्ध सेयर सदस्यका परिवारमा अध्ययनरत उत्कृष्ट विद्यार्थीलाई सम्मान गरी चौथो दिन सहकारीको साधारण सभा गरी अभियान समापन गरिने छ ।’

शनिबार आयोजित सरसफाइ अभियानमा गोदावरी नगरपालिका – ११ र १२ का सहकारीमा आवद्ध र अन्य गरी करिब ५ सय जनाको सहभागिता रहेको थियो ।
अध्यक्ष विकले सहकारीले श्रमदान संगै श्रम गर्ने अभियान पनि संगसंगै अगाडी बढाएको बताए । उनले सहकारीमा आवद्ध भएका सदस्यहरुलाई स्वरोजगार बन्नको लागि विभिन्न कृषिका कार्यक्रम संचालन गरिएको बताए । सहकारी अन्तरगत समुह निर्माण गरेर तरकारी, पशुपालनका कार्यक्रम संचालन गरिएको उनले बताए ।

सहकारीका व्यवस्थापक गणेश विकले सहकारीमा आवद्ध सदस्यहरुका लागि ५ वटा समुहमा तरकारी खेती कार्यक्रम संचालन गरिएको बताए । उनले २/२ समुहमा गोलभेडा, खोर्सानी र १ समुहमा भिण्डी खेती गरिएको बताए । सहकारीले किसानहरुलाई खेतीमा सहजताका लागि कृषि प्राविधिक पनि नियुक्त गरेको उनले बताए । उनले सहकारी मार्फत भैंसी, बाख्रा पालनका कार्यक्रम पनि संचालन गरिएको बताए । सहकारीले किसानलाई बीउ र अनुदानको मल पनि वितरण गर्दै आएको उनको भनाइ छ ।

४ वर्षदेखि सहकारीमा आवद्ध दुर्गा देवी विकले सहकारीबाट बीउ खरिद गरेर गोलभेडा खेती गरेको बताइन् । उनले खेती गर्न सिकाउन सहकारीबाट कृषि प्राविधिक पनि घरमै आउने भएकाले तरकारी खेती गर्न सहज भएको बताइन् । मासिक २ सय सहकारीमा बचत गर्दै आएकी विकले आवश्यक परेका बेला सहकारीबाट ऋण पनि लिने गरेको बताइन् ।

सहकारीकी सदस्य सुनीता देवी कोलीले सहकारीबाट अनुदानमा मुर्रा भैँसी पाएको बताइन् । उनले भैंसी पालन गरेर दैनिक डेरीमा दूध बिक्री गर्ने गरेको बताइन् । सहकारीले आगामी दिनमा कृषिका थप कार्यक्रम संचालन गर्न आवश्यक रहेको उनको भनाई छ ।

भिडियाे

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.