गोदावरीमा अवैध रुपमा नदीजन्य पदार्थ ढुवानी गर्नेलाई चर्को जरिवाना

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा अवैध रुपमा नदीजन्य पदार्थ ढुवानी गर्नेबाट चर्को जरिवाना शुल्क उठाइएको छ । नगरपालिकाले नदीजन्य पदार्थको अवैध ढुवानी रोक्न भन्दै चर्को जरिवाना शुल्क उठाउन थालेको हो । नगरपालिकाले बुधबार मात्रै कैलालीको गोदावरी – १२ मा अवैध रुपमा नदीजन्य पदार्थ ढुवानी गरिरहेको ट्याक्टरलाई ५० हजार जरिवाना तिराएको छ । ३ हजार रुपैयाँको बालुवा अवैध रुपमा ढुवानी गरेबाफत ५० हजार जरिवाना तिराएपछि हाल यो विषय चर्चामा छ ।

Karma Consultancy

विगतमा अवैध रुपमा नदीजन्य पदार्थ ढुवानी गरेमा १ हजार देखि २ हजार मात्रै जरिवाना तिराइँदै आएकोमा हाल निकै चर्को शुल्क जरिवाना वाफत तिराउन थालिएपछि यो विषय चर्चामा आएको हो । गोदावरी नगरपालिकाले असार १ गते देखि भाद्र मसान्त सम्मको लागि नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न रोक लगाएको थियो ।

citizen security services

भाद्र मसान्तमा नगरपालिकाले नदीजन्य पदार्थ संकलनका लागि ठेक्कामा लगाउने प्रक्रिया नसकिएपनि हाल पनि रोक यथावत रहेको जनाएको छ । तर, रोक लगाइएको अवधिमै नदीजन्य पदार्थको उत्खनन् र ढुवानी नरोकिएपछि नगरपालिकाले चर्को जरिवाना असुन्न थालेको हो ।

attariya hospital

नगरपालिकाले चालु आर्थीक बर्षमा मात्रै अवैध रुपमा नदीजन्य पदार्थ ढुवानी गर्ने ३ ट्याक्टरलाई ५० हजारका दरले डेढ लाख जरिवाना तिराइसकेको नगरपालिकाका जिन्सी शाखा प्रमुख गणेश पनेरुले बताएका छन । उनले कार्यपालिकाबाट गरिएको निर्णय अनुसार नै जरिवाना तिराइएको बताए । गोदावरी नगरपालिकाको ९५ औं कार्यपालिका बैठकले नियम मिचेर नदीजन्य पदार्थ उत्खनन् वा ढुवानी गरेमा ५० हजार देखि १ लाख सम्म जरिवाना गर्ने निर्णय गरेको थियो ।

belauri nagarpalika

जसअनुसार ट्याक्टरलाई ५० हजार, टिप्परलाई ७० हजार र जेस्काइभेटर/भ्याकुलोडर/विसिलाई १ लाख जरिवाना तोकिएको थियो । निर्णयमा नियम मिचेर नदीजन्य पदार्थ उत्खनन् गरेको वा ढुवानी गरेको सूचना दिनेलाई २० प्रतिशत प्रोत्साहन रकम दिने उल्लेख छ ।

नगरपालिकाले नदीजन्य पदार्थ संकलनमा रोक लगाएको समयमा स्टक प्रमाणित गरेर भने ढुवानी गर्न सक्ने जनाएको थियो । तर, स्टक प्रमाणित नगरी ढुवानी गरेको पाइएका ट्याक्टरलाई जरिवाना गरिइएको नगरपालिकाले जनाइएको छ ।

नगरपालिकाले असार ३ गते जारी गरेको सूचनामा सडकका दाँया बाँया, खोला किनार, सामुदायिक वन जस्ता ठाउँहरु बाहेक आफ्नो वा भाडामा लिएको जग्गामा राखेका नदीजन्य पदार्थको स्टक प्रमाणित गराउन ७ दिने सूचना जारी गरेको थियो । सो सूचना अनुसार चालु आर्थीक बर्षमा ४० जनाले मात्रै स्टक प्रमाणित गराएका छन् ।

हाल नगरपालिकाले गोदावरीका ३ वटा नदीबाट नदीजन्य पदार्थ संकलन गर्नको लागि विद्युतीय बोलपत्र आह्वान गरेको छ । उक्त बोलपत्रमा सहभागि हुनका लागि असोज ५ गते सम्मको समय तोकिएको छ ।

गत आर्थीक बर्षमा नगरपालिकाले ८ पटक सम्म बोलपत्र आह्वान गर्दा पनि ठेकेदार नपाएपछि आफैले कर्मचारी परिचालन गरेर नदीजन्य पदार्थको विक्री शुल्क संकलन गरेको थियो । विगतमा गोदावरीका तिन वटा नदीको एउटै बोलपत्र आह्वान गरिदै आएकोमा यस पटक भने खुटिया नदीको छुटै र खैराना नदी र गोदावरी नदीको छुटै बोलपत्र आह्वान गरिएको छ । जस अनुसार खुटिया नदीको न्यूनतम बोलपत्र रकम ८ करोड ७६ लाख ७ हजार ७२८ र खैराना र गोदावरी नदीको न्यूनतम बोलपत्र रकम ४ करोड ९७ लाख ६ हजार १५६ तोकिएको छ ।

गत बर्षको तुलनामा दोब्बर बढी न्यूनतम बोलपत्र रकम तोकिएको भएपनि यसबर्ष नदीमा नदीजन्य पदार्थ बढी भएको र समयमै बोलपत्र आह्वान गरिएकाले ठेकेदार पाउने विश्वास नगरपालिकाले लिएको जनाएको छ । नगरपालिकाले नदीजन्य पदार्थ संकलनका लागि हरेक आर्थीक बर्षमा बोलपत्र आह्वान गरेर ठेकेदार मार्फत नदीजन्य पदार्थको विक्रि शुल्क उठाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.