संरक्षणको पर्खाइमा अत्तरियाको शिव मन्दिर

अत्तरिया – कैलालीको अत्तरिया चोक देखि करिब ५ सय मिटर पूर्वमा रहेको शिव मन्दिर जीर्ण बन्दै गएको छ । उचित मर्मत सम्भार र संरक्षण नगरिँदा मन्दिर जीर्ण बन्न थालेको हो । मन्दिरमा तिज, गौरा लगायतका पर्वहरूमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । सोमबार पनि मन्दिरमा तिजको अवसरमा सयौँको संख्यामा महिलाहरूले पूजाआजा गरेका थिए । मन्दिरमा पुजा गर्न महिलाहरूको भिड लागेपनि न पूजाका लागि मन्दिरमा पूर्व तयारी गरिएको थियो नत मन्दिर परिसरमा सरसफाइ नै गरिएको थियो ।

Karma Consultancy

अत्तरिया आसपासको क्षेत्रमा एउटा मात्रै शिव मन्दिर भएकाले पनि त्यहाँ धेरै मानिस तिजका लागि पुगेका थिए । गोदावरी नगरपालिका – १ कि सरस्वती धामीले मन्दिर पछिल्लो समय झनझन कुरूप बन्दै गएको बताइन् । उनले मन्दिरमा पूजाका लागि कुनै पनि तयारी नगरिएकाले पुजा गर्दा समस्या भएको बताइन् । ‘मन्दिरमा धेरै मानिस पुजा गर्न आएका छन । न व्यवस्थित तरिकाले पुजा गर्ने व्यवस्था मिलाइएको छ । एकैपटक मन्दिरभित्र मानिसहरू पसेर भिडभाड भएको छ’ उनले भनिन् ‘पुजाको समयमा लाइनको व्यवस्था गरिनुपर्थ्यो ।’

citizen security services

मन्दिरमा सरसफाइ नगरिँदा दुर्गन्धित बनेको छ । मन्दिरको गेटमै फोहोरको डङ्गुर फालिएको छ । मन्दिरको सरसफाइमा ध्यान दिनु पर्ने गोदावरी २ की पार्वती खनालले बताइन् । उनले मन्दिरमा धार्मिक पर्व हुनु पूर्व सरसफाइ गरिनुपर्ने बताइन् । समयमा मर्मत सम्भार नहुँदा मन्दिरका भवन पनि जीर्ण बनेका छन । मन्दिरको व्यवस्थापनमा व्यवस्थापन समितिले ध्यान नदिएको मन्दिरका पुजारी काली नाथ योगीले बताए ।

attariya hospital

उनले आफू एक्लैले केही गर्न नसक्ने भएकाले मन्दिर दुर्गन्धित बन्दै गएको बताए । ‘म एक्लैले केही गर्न सक्दैन । आफै गाउँगाउँमा चन्दा संकलन गरेर खाने गरेको छु’ उनले भने ‘मन्दिर व्यवस्थापन समितिले ध्यान दिएको छैन । मन्दिरलाई व्यवस्थित बनाउन सके भेटिबाट मात्रै मन्दिरको स्तरोन्नति गर्न रकम संकलन हुन्थ्यो ।’

तिन दशक पहिले स्थापना भएको उक्त मन्दिरको जमिन समेत हाल अतिक्रमणमा परेको छ । मन्दिर व्यवस्थापन समितिले मन्दिरको उत्तर पट्टिको क्षेत्रमा सटर निर्माण गरेर व्यावसायिक प्रयोजनका लागि भाडामा लगाएको छ । तर, ति सटरहरुबाट नियमित भाडा भने उठाउने गरिएको छैन । मन्दिरको जग्गामा निर्मित ति सटरहरुमा मदिराको समेत कारोबार हुने गरेको छ ।

धार्मिक मात्रै नभएर पर्यटकीय सम्भावना समेत बोकेको उक्त मन्दिर संरक्षण गर्न न त मन्दिर व्यवस्थापन समितिले चासो दिएको छ भने न स्थानीय सरकारले नै मन्दिरको संरक्षण गर्न सकेको छ ।

स्थानीय यज्ञ राज भट्टले निकै सम्भावना बोकेको मन्दिरको संरक्षणमा राज्यले ध्यान दिनु पर्ने बताए । उनले अत्तरिया बजार नजिकै भएकाले मन्दिर अतिक्रमको जोखिममा पनि भएकाले त्यसको संरक्षणका लागि मन्दिरमा घेरबार लगाइनु पर्ने बताए । पूर्व पश्चिम राजमार्ग छेउमै रहेको मन्दिरको स्थापना कालदेखि हालसम्म पनि कुनै संरचना निर्माण र मर्मत नगरिएकाले त्यसको संरक्षणका लागि सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.