Dengue virus हरु Arbo-virus हुन जसले मान्छेलाई संक्रमित गरेर राेग लगाउन सक्छ । डेंगुलाई break bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ | डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।
Causative agent:-
•Dengue virus: DEN-1, DEN-2,DEN-3,DEN-4 are circulation in Nepal

Vector:-Ades aegyptis and Ades albopitus
incubation period(सङ्क्रमण अबधी) : 8-10 days

Clinical features (लक्ष्ण , चिन्ह)
– अचानक ज्वरो आउनु
– आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु
– सबै शरीर दुख्नु
– घांटी बस्नु
– साना बिमिरा आउनु
– शरीर चिलाउनु
– वाकवाकी लाग्नु / वान्ता आउनु
– छटपटी हुनु
– रिंगटा लाग्नु
– निद्रा नलाग्नु
– हड्डी तथा मांशपेशी निकै दुख्नु
– आँखा तथा घांटी रातो हुनु
– छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।
– ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ ।
– १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ |
विशेष सतर्कता:-
– ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्ने ।
-ibuprofen,Aspirin आदिको प्रयोग नगर्ने, आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
– बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।
– जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल, सुप नियमित खाने ।
Treatement:-
– डेंगुको कुनै बिशेष औषधि तथा खोप छैन। एन्टिबायोटिकले डेंगु निको हुँदैन ।
चिकित्सकले अर्को संक्रमण नहोस भन्ने उद्देश्यले सामान्य एन्टिबायोटिक चलाउन सक्छन । कडा एन्टिबायोटिकको आवश्यकता हुँदैन। तसर्थ जथाभावी एन्टिबायोटिक किनेर प्रयोग गर्नु हुँदैन।
PREVENTION:-
– लामखुट्टे भगाउने स्प्रे अथवा लोसन (Eg. Odomas) शरीरमा लगाउने ।
– लामो बाहुला भएको कपडा लगाउने ।
– डेंगु लाग्ने लामखुट्टे day biter अर्थात दिनमा टोक्ने भएकोले दिउँसो सुत्दा झुल प्रयोग गर्ने ।
– भीडभाडमा सकभर नजाने ।
– घर वरिपरी पानी जम्ने खाल्डो पुर्ने, घरभित्र पानीलाई छोपेर राख्ने, बाथरुम ओभानो राख्ने, टायर / पाइप आदिमा पानी जम्न नदिने ।
– पानी जमेको ठाउँमा DDT, मालाथिन छर्नु पर्छ । १ चम्चा पेट्रोल राख्न पनि सकिन्छ ।
– माथिका लक्षण देखिएमा तुरुन्त जांच तथा उपचार गर्ने ।
– प्यारासिटामोलले ज्वरो नियन्त्रण नभए वा चिकित्सकले दिएको औषधि खाँदा पनि प्रभावकारी नदेखिए अस्पताल भर्ना हुने ।
✍️Bhuwan joshi (Health Assistant )
















