आजभोली धेरैजसो मानिसहरु आफ्नो कपाल झर्ने समस्याबाट ग्रसित छन् । विभिन्न अध्ययनका अनुसार महिलाको तुलनामा पुरुषको कपाल बढि मात्रामा झर्ने गरेको पाईन्छ । तर, समयसमयमा काटिरहने भएकाले पनि कपाल झरेको महसुस हुँदैन । महिलाहरुको कपाल नकाटिने भएकाले पनि पातलिने र झर्ने स्पष्ट रुपमा थाहा पाइने अध्ययनले जनाउँछ ।

कपाल झर्नुको पछाडि सामान्य तथा जटिल कारणहरु हुने गरेका छन् । मानिसको रहनसहन, हावापानी, खानपिन जस्ता कुराहरुले पनि यसलाई प्रभाव पार्ने गरेको देखिन्छ । अर्कोतिर विभिन्न शाररिक तथा मानसिक समस्याका कारण पनि कपाल झर्ने गर्छ ।

कारणहरु :-
१.मानसिक तनाव :-
मानसिक तनाव धेरै भएमा कपाल झर्छ । कुनै पनि समस्यालाई धेरै सोच्दा तथा घटनालाई स्मरण गरिरहँदा कपाल अस्थाई रुपमा झर्ने गर्दछ । जीवनमा कुनै दुखद घटना घटेको समयमा मानिसले त्यसैको बारेमा मात्रै सोचिरहँदा पनि उसको कपाल झर्ने अध्ययनले बताउँछ । यसरी कपाल झर्ने प्रक्रिया तनावमुक्त भएको तीनचार महिनासम्म रहने गरेको पाईन्छ ।
२.मिनरल्स इम्ब्यालेन्स :-
कपाल झर्ने सबैभन्दा सामान्य कारण हो मिनरल इम्ब्यालेन्स । कपाललाई स्वस्थ र मजबुत बनाउने मिनरल उचित मात्रामा शरिरले नपाउँदा कपाल सम्बन्धी समस्याले दुःख दिन्छ । यस्तो अवस्थामा मिनरल इम्ब्यालेन्सलाई ब्यालेन्स गर्नका लागि जिंक, सिलिका, सिलिनियम, कपर, आइरन युक्त खानेकुराहरू खानुपर्दछ । यी मिनरल आवश्यक मात्रमा शरिरमा पुगे कपाल झर्ने समस्याबाट मुक्तिका साथै कपाल बलियो पनि हुन्छ ।
३.हेयर स्टाइलिङ :-
हेयर स्टाइलको नाममा केमिकलयुक्त उत्पादनहरूको प्रयोग र हेयर ट्रिटमेन्टको कारण पनि कपाल झर्ने गर्छ । यसकारण केमिकल हेयर ट्रिटमेन्टबाट बच्नु सबैभन्दा राम्रो उपाय हो । स्ट्रेटनिङ्ग, कलरिङ्ग आदीबाट कपाल कमजोर हुन्छ ।
४.माैसम परिवर्तन :-
कपाल बढ्ने या झर्नुमा मौसमले पनि ठूलो भूमिका खेलेको हुन्छ । मौसममा आएको बदलावका कारण कपाल झर्ने सम्भावना बढ्छ । यसका लागि मौसम अणुसार कपालको स्याहार गर्ने गर्नु पर्दछ । जाडोमा कपाल रूखो हुन्छ, यसबाट बच्नका लागि तेलले कपालको मसाज गर्ने, वर्षाको मौसममा कपालमा डेन्ड्रफको समस्या देखिने हुँदा एण्टीडेन्ड्रफ सेम्पुको प्रयोग गर्ने गरे फाइदा गर्छ ।
२.गर्भवती समय :-
गर्भवती भएको समयमा एकप्रकारको शाररिक बदलाव हुने भएकाले कपाल झर्ने गरेको पाईन्छ । शरिरमा विभिन्न हर्मोनहरुको विकास हुने हुँदा कपाल अस्थाई रुपमा झर्दछ । बच्चा आमाको गर्भमा रहेको भन्दा पनि बच्चा जन्मिएपछिको समयमा बढि कपाल झर्ने गरेको पाईन्छ । यसरी कपाल झर्नु सामान्य भएकाले यसलाई धेरै तनावको रुपमा लिनु पर्दैन । यो समस्या केही समयपछि आफैं कम हुँदै जान्छ ।
४.अत्याधिक केमिकल्सकाे प्रयाेग :-
कपालमा विभिन्न केमिकल प्रयोग गरेर विभिन्न स्टाईल बनाउँदा पनि कपाल झर्ने समस्या हुने गर्दछ । कपाललाई स्टे«ट गर्ने, केमिकलको प्रयोग गर्ने लगायतका प्रयोग गर्दा कपालको जरामा हानी भई कपाल झर्ने समस्या हुने गरेको पाईन्छ । यस्ता प्रयोगहरुलाई कम गरेमा कपाल झर्न पनि कम हुने अध्ययनले जनाउँछ ।
५.वंशज :-
कसैकसैलाई आफ्नो वंशको जस्तै कपाल झर्ने समस्या हुन्छ । यो समस्या स्थाई रुपमा हुने गरेको अध्ययनले बताउँछ । पुर्खाको जस्तै कपाल पातलो हुने र पछि ६० को उमेर सम्ममा अधिकांश कपाल झर्ने गर्दछ । यसरी कपाल झर्नुको पछाडि शाररिक रुपमा रहेका हर्मोनहरुले भुमिका खेल्ने गरेका हुन्छन
६.उमेर :-
सामान्य रुपमा मानिसको उमेर ढल्किदै जाँदा कपाल झर्ने गर्छ । यसरी कपाल झर्नुलाई समस्या भन्दा पनि प्राकृतिक रुपमा लिनु पर्दछ । ढल्किदो उमेरसँगै कपाल झर्नुको पछाडि कुनै निश्चित कारण नहुने र यसको समाधान पनि नरहेको अध्ययनले बताउँछ |
घरेलु उपचार :-
नियमित रूपमा कपाल धुदा हल्का शेम्पूले धुनु पर्छ ।

दैनिक कपाल धुने र टाउको सफा राख्नु पर्छ । त्यसो गर्नाले, बाहिरी संक्रमण र डेन्ड्रफको जोखिम कम हदै जान्छ जसले कपाल झर्न रोक्न मदत गर्दछ । यसबाहेक, सफा कपालले अधिक भोल्युमकोमात्रा पनि दिन्छ ।
भिटामिनकाे प्रयाेग :-
भिटामिन केवल समग्र स्वास्थ्यको लागिमात्र राम्रो नभएर कपालको लागि पनि अत्ति उत्तम हुन्छ । मानिसलाई जसरी बिभिन्न किसिमका भिटामिनको आवश्यकक्ता पर्छ त्यसरी नै कपाललाइ पनि भिटामिनको आवश्यकक्ता पर्दछ । कपाललाइ भिटामिन ए को अत्ति आवश्यक हुन्छ ।
भिटामिन ए ले टाउकोमा स्वस्थ कपाल उत्पादनलाई प्रोत्साहित गर्दछ,। भिटामिन ईले कपालको रक्त संचारलाइ राम्रो गर्दछ जसले कपालको फल्न र उमार्न मदत गर्दछ। भिटामिन बीले कपालको स्वस्थ रंग कायम राख्न मद्दत गर्दछ ।
प्राेटिन र सन्तुलित आहार :-
समृद्ध मासु, माछा, सोया वा अन्य प्रोटीन खानाले कपालको स्वास्थ्यलाई बढवा दिन्छ र फलस्वरूप कपाल झर्ने समस्यालाई रोक्न मद्दत गर्दछ ।
आवश्यक तेलको साथ स्केलप मसाज गर्ने
केहि मिनेट आवश्यक तेलले टाउकोको मालिश गर्नु पर्छ । यसले कपाललाइ क्रियाशील रहन मद्दत गर्दछ र बदाम वा तिलको तेलले जनि मासिगर्न सकिन्छ ।
चिसाे कपाल नकाेर्ने :-
नुहाएको बेला कपाल एकदमै भिजेको हुन्छ कमजोर हुन्छ । भिजेको कपाल कोर्दा कपाल झर्ने सम्भावना बढी हुन्छ । त्यसैले त्यस बेला कपाल कोर्नु उचित हुदैन ।
लसुन,प्याज,अदुवकाे रस:-
लसुन,प्याज, अदुवाको रस कपालमा लगाउँनाले कपाल झर्ने समस्याबाट छुट्कारा पाउँन सकिन्छ । एक हप्ता सम्म बेलुका यसको रस लगाएर र बिहान धुनपर्छ ।
धुम्रपान त्याग :-
चुरोट पिउँदा रगतको मात्रा कम हुन्छ जुन टाउकोमा जान्छ र यसले कपालको बृद्धिमा कमी ल्याउँछ।त्यसैले कपाल झर्न रोक्न धुम्रपान त्याग्नु आवश्यक हुन्छ ।
लसुनकाे तेल:-
लसुन पिधेर कागतीकाे रसमा मिसाउने र राती सुत्नेबेला टाउकाेमा मालिस गर्ने ,
यस बाहेक दैनिक ब्यायम गर्ने , चिन्ता नलिने रसायनयुक्त कुरा कपालमा नलगाउँने , आदि गर्नाले कपाल झर्ने समस्याबाट छुट्करा पाउन सकिन्छ ।
Medical treatement :-
•Minoxidil :-
Over-the-counter (nonprescription) minoxidil comes in liquid, foam and shampoo forms. To be most effective, apply the product to the scalp skin once daily for women and twice daily for men. Many people prefer the foam applied when the hair is wet.
•Finasteride (Propecia)
•other medication :-
Other oral options include spironolactone (Carospir, Aldactone) and oral dutasteride (Avodart)
•Hair transplant surgery:-
•Laser therapy:- lesar therapy treatment for hereditary hair loss in men and women.
✍️Bhuwan joshi
Health Assistant
