१८ बर्ष देखि धनगढी अत्तरियामा विद्युत वितरण गरेको विरभन्द्रका कर्मचारीको बिचल्ली

अत्तरिया – १८ बर्ष देखि अत्तरिया र धनगढी क्षेत्रमा विद्युत वितरण गरेको विरभन्द्र केदार विद्युत सेवा प्रालि अत्तरिया सँगको सम्झौता खारेज भएपछि कर्मचारीको बिचल्ली भएको छ । करिब ६ हजार उपभोक्तालाई विद्युत वितरण गरिरहेको उक्त प्रालि सँगको सम्झौता खारेज गरिएपनि कर्मचारीको विषयमा कुनै टुङ्गो नलाग्दा उनीहरु बिचल्लीमा परेका हुन । असार मसान्त देखि सम्झौता खारेज भएर विरभन्द्रका विद्युत संरचना प्राधिकरणलाई हस्तान्तरण गरिएपनि उक्त कार्यालयमा कार्यरत कर्मचारीलाई प्राधिकरणमा समायोजन गर्ने भनिएकोमा हालसम्म कुनै सुनुवाइ हुन सकेको छैन् ।

maya metro hospital

जसका कारण विरभन्द्रमा कार्यरत १२ जना कर्मचारी २ महिनादेखि बिचल्लीमा परेका छन । विरभद्रमा इलेक्ट्रोसियनका रुपमा कार्यरत रहेका मंगल चौधरीले सम्झौता खारेजपछि कर्मचारीलाई विद्युत प्राधिकरण मातहत काम गर्ने आश्वासन दिइएकोमा हाल कुनै सुनुवाइ नगरिएको बताए । उनले २ महिना देखि दुवै पक्षबाट आश्वासन दिइएपनि नियुक्ति भने नदिइएको बताए ।

joshi vada pasal 2

विरभन्द्रमा मिटर रिडरको रुपमा कार्यरत रहेका राजेन्द्र पन्तले विद्युत प्राधिकरणले नियुक्ति दिने आशै आशामा २ महिना बितेको बताए । उनले २ महिनादेखि प्राधिकरणले अन्योलमा राखेका कारण आफूहरूलाई घर खर्च चलाउन पनि निकै समस्या भइरहेको बताए । ‘विद्युत प्राधिकरणमा नियुक्ति हुने आश्वासन दिइएकाले २ महिनादेखि त्यसैको प्रतीक्षामा छौ’ उनले भने ‘२ महिना देखि कुरेर बस्दा घर खर्च चलाउन निकै समस्या भइरहेको छ ।’

इलेक्ट्रोसियन गणेश मल्लले काम दिने नदिने विषयमा प्राधिकरणले छिटो टुङ्गो लगाउनु पर्ने बताए । हाल विरभन्द्र सँगको सम्झौता खारेज भएपछि विरभद्र मातहतका सेवाग्राहीको घरमा २ महिना देखि मिटर रिडिङको काम पनि हुन सकेको छैन ।

विरभन्द्रले कैलालीको धनगढी उपमहानगरपालिका अन्तरगत बेला, घुर्सुवा, मास्खेडा गोदावरीका मालाखेती, खमौरा, दमौरा, बास्कोटा, खैराना, लालपुर, बडेहा, हरैया, श्रीपुर, फगलपुर र जोनापुरमा विद्युत प्राधिकरणबाट विद्युत लिजमा लिएर सेवा दिदैँ आएको थियो । सम्झौता खारेजी पछि सो क्षेत्रको विद्युत मर्मतमा पनि समस्या हुँदै आएको छ । इलेक्ट्रोसियन मल्लले आफूहरु पुराना कर्मचारी भएकाले स्थानीयले आफूहरूलाई नै फोन गरेर विद्युत मर्मत गर्न बोलाउने गरेको बताए । उनले आफूहरूको नियुक्ति नभएका कारण भने काम गर्न समस्या भइरहेको बताए ।

विरभन्द्र केदार विद्युत सेवा प्रालिका अध्यक्ष कृष्णराज पन्तले भने विद्युत प्राधिकरणको परियोजना सञ्चालन रहँदा सम्मको मात्रै आफूहरूले जिम्मेवारी लिने बताए । उनले परियोजना सञ्चालन हुँदा कार्यरत कर्मचारीलाई विद्युत प्राधिकरण मातहत काम गर्नको लागि आफूले पहल गरिरहेको भएपनि अझै सुनुवाइ हुन नसकेको बताए । उनले विद्युत प्राधिकरण धनगढीले विरभन्द्रमा कार्यरत कर्मचारीको विवरण माग गरे अनुसार आफूहरूले १२ जना कर्मचारीको विवरण साउन १ गते नै पठाइएको बताए ।

उता नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सूर्य नारायण मण्डलले कर्मचारी व्यवस्थापनका लागि विवरण संकलन गरेर केन्द्रमा पठाइएको बताए । उनले आफूहरूलाई कर्मचारीका विषयमा निर्णय लिने अधिकार नभएकाले केन्द्रबाट आउने जवाफको प्रतीक्षामा आफूहरू पनि रहेको बताए ।

नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको २०७९ माघ १२ गतेको बैठकले लिजमा सञ्चालित सामुदायिक विद्युत उपभोक्ता संस्थाहरूबाट वितरण प्रणाली नेपाल विद्युत प्राधिकरणले फिर्ता लिने निर्णय गरेको थियो । सोही निर्णय अनुसार अत्तरिया र धनगढीमा विद्युत वितरण गरिरहेको ओम विरभन्द्र केदार विद्युत सेवा प्रालि सँगको सम्झौता खारेज भएको थियो ।

सम्झौता खारेज पछि विरभन्द्र मातहत रहेका भौतिक सम्पत्ति विद्युत प्राधिकरणलाई हस्तान्तरण भएपनि कर्मचारी व्यवस्थापनका लागि भने निर्णय लिइएको छैन । जसका कारण हाल विरभद्रमा कार्यरत कर्मचारीको बिचल्ली भएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.