बैतडीमा मेडिकल सञ्चालकविरुद्ध इलाजसम्बन्धी कसुरमा मुद्दा

बैतडी – बैतडीमा एक जना मेडिकल सञ्चालकविरुद्ध मुद्धा दर्ता गरिएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका– ६ पन्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध मुद्धा दर्ता गरिएको हो ।

maya metro hospital

कार्कीविरुद्ध इलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले भदौं १९ गते अनुगमनका क्रममा कार्कीले अवैधरूपमा मेडिकल सञ्चालन गरिरहेको फेला परेको थियो ।

joshi vada pasal 2

अनुगमन टोलीले सोही दिन मेडिकल सिल गरेर उनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । ‘मेडिकल दर्ता नै नभएको र स्वास्थ्य विषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेको पाएपछि उनलाई नियन्त्रणमा लिएका छौँ’, खत्रीले भने, ‘मुद्दा दर्ता भएर अनुसन्धानका म्याद थप पनि भइसकेको छ ।’

त्यही दिन अनुगमनका क्रममा कार्कीको मेडिकलसहित दोगडाकेदार– ७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार– ३ सिल्लेगडास्थित जोशी क्लिनिक समेत सिल गरिएको थियो ।

मेडिकलहरुले चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि बिक्री गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिहरुले मेडिकल सञ्चालन गरेको, सम्बन्धित निकायमा दर्ता प्रक्रिया समेत पूरा नगरेको पाइएकाले मेडिकल सिल गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.