खाेज्नुहाेस

गोदावरीमा वर्षदिन बित्नै लाग्दा पनि बजार अनुगमन भएन 

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका भित्रका बजारहरूमा १ वर्ष यता अनुगमन हुन सकेको छैन । छिटफुट रुपमा गत वर्ष दशैँ तिहारको मुखमा बजार अनुगमन गरिएको भएपनि त्यसयता भने बजारमा अनुगमन भएको छैन । नगरपालिकाले निर्देशिकामा मासिक रुपमा बजार अनुगमन गर्ने उल्लेख गरेपछि वर्षदिन बित्नैलाग्दा पनि अनुगमन हुन नसकेको हो । नगरपालिकाले बजार अनुगमनका लागि २०७५ मा बजार अनुगमन निर्देशिका तयार गरेको थियो ।

निर्देशिका अनुसार उपभोक्ताको हित संरक्षण सम्बन्धी विषयमा आवश्यक नीतिगत व्यवस्था गर्न तथा बजार अनुगमन कार्यलाई मार्गदर्शन एवम् समन्वयको लागि नगरपालिकाले उपभोक्ता हित संरक्षण समिति गठन गर्ने प्रावधान छ । सो प्रावधान अनुसार नगरपालिकाकी उपप्रमुखको संयोजकत्वमा ७ सदस्यीय समिति पनि गठन गरिएको छ ।

attariya hospital

बजार अनुगमनका लागि निर्देशिकामा नगरपालिकाले आफ्नो स्रोत र जनशक्ति प्रयोग हुने गरी बजार अनुगमनका लागि आवश्यक कार्यक्रम र बजेट वार्षिक कार्यक्रममै समावेश गर्नुपर्ने हुन्छ । कार्यविधिमा उपभोक्ता हित संरक्षण समितिको मातहतमा रहने बजार अनुगमन टोलीले मासिक रुपमा योजना बनाई अनुगमन गर्नुपर्ने उल्लेख छ । कागजमा मात्रै योजना बन्ने नियतिको सिकार यो निर्देशिका पनि बनेको छ ।

नगरपालिकामा गत वर्ष दशैँको मुखमा बजार अनुगमन गरिएको थियो । सो क्रममा दशैँअघि ३ दिन अनुगमन गरिएको थियो भने दशैँ पछि तिहार लक्षित गरी ४ दिन अनुगमन गरिएको थियो । अनुगमनका क्रममा धेरै पसलहरूमा अखाद्य वस्तु, म्याद गुज्रेका  सामाग्री ठूलो मात्रामा फेला परेका थिए ।

navjiwan hospital

लामो समय देखि बजारमा अनुगमन नहुँदा बजारमा अखाद्य बस्तु उपभोक्ताले उपभोग गरिरहेको नरहेको बारेमा पनि भन्न सक्ने अवस्था छैन । तर, उपभोक्ताले नै बजारमा अखाद्य बस्तु फेला पारेका घटना भने यस बीचमा धेरै देखिएका छन । विशेष गरेर पेय पदार्थहरुमा लेउ जमेका, जुसमा लेदो जमेको सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रकाशित समेत भएका थिए ।

खाद्य अधिकार सञ्जाल समितिका सुदूरपश्चिमका अध्यक्ष नरदीप धामीले बजार अनुगमनमा स्थानीय तहहरूले चासो दिन आवश्यक रहेको बताए । उनले यसमा उपभोक्ता पनि सचेत हुनुपर्ने बताए ।

बजार अनुगमनको जिम्मेवारी स्थानीय तहहरूको भएपनि त्यसका प्राविधिक सहयोग गुणस्तर विभागको पनि आवश्यक पर्ने भएकाले नियमित अनुगमन गर्न स्थानीय तहलाई पनि समस्या हुने गरेको बताए । ‘हामीले स्थानीय तहहरुलाई पनि पटक पटक खबरदारी गरिरहेका छौ । केही दिन चाडपर्वमा मात्रै अनुगमन हुने हो कि नियमित हुन्छ भनेर प्रश्न पनि राख्ने गरेका छौ’ उनले भने ‘अहिले मासु पसल, होटल, पसलहरूमा निकै समस्या भएको आइरहेको हुन्छ ।’

यता गोदावरी नगरपालिकाकी उपमेयर एवम् उपभोक्ता हित संरक्षण समितिकी संयोजक सारदा रोकायाले नियमित अनुगमन गर्ने भनेपनि बजेट अभावका कारण काम हुन नसकेको बताइन् ।

उनले गत वर्षकै अनुगमन खर्च भरपाई गर्न नसकिएकाले थप अनुगमन गर्न समस्या भएको बताइन् । उनले अनुगमनका क्रममा सहभागितालाई भत्ता दिनुपर्ने भएकाले उक्त रकमको जोहो हुन नसकेको बताइन् । उनले रकम पछि दिने गरी अनुगमन गर्न चाहेको भएपनि कर्मचारीबाट सहयोग नपाएको बताइन् ।

‘मैले साउनदेखि अनुगमन गर्ने सोच बनाएकी थिइन । पेस्की रकम निकालेर पनि अनुगमन गर्ने भनेकी थिए’ उनले भनिन् ‘अहिले होटल पसलहरू करको दायरामा पनि आउन सकेका छैनन् । यी काम गर्नको लागि अन्य कार्यालयहरू सँग पनि समन्वय गर्नुपर्ने भएकाले बजेट अभावमा समस्या भएको छ ।’ उनले अब असोज महिनादेखि अनुगमन सुरु गरिने बताइन् । उनले भनिन् ‘अहिले खाता रोक्का छ । अब उधारो रकमको जोहो गरेर भएपनि अनुगमन हुन्छ ।’