खाेज्नुहाेस

अग्रिम टिकट बुकिङमा ‘जवान’ ले तोड्यो ‘पठान’ को रेकर्ड

Image

बलिउड अभिनेता शाहरूख खानको फिल्म ‘जवान’ को अग्रिम टिकट बुकिङ खुला गरिएको छ। अग्रिम टिकट बुकिङ खुलेको २४ घन्टा नबित्दै ‘जवान’ ले नयाँ रेकर्ड राखेको छ। हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार भारतमा फिल्मको २ लाख ३३ हजार टिकट बुकिङ भइसकेको छ। भने विश्वव्यापी रूपमा ४ लाख २५ हजार टिकट बुकिङ भइसकेको छ।

अग्रिम टिकट बुकिङमा शाहरूखले आफ्नै फिल्म ‘पठान’ को रेकर्ड तोडेका छन्। उनको फिल्म ‘पठान’ को २४ घन्टामा १ लाख १७ हजार टिकट बुकिङ भएको थियो।

attariya hospital
navjiwan hospital

‘जवान’ को यसरी नै टिकट बुकिङ भयो भने एसएस राजामौलीको फिल्म ‘बाहुबली २’ को रेकर्ड तोड्ने अनुमान गरिएको छ। ‘बाहुबली २’ को विश्वव्यापी रूपमा ६ लाख ५० हजार अग्रिम टिकट बुकिङ भएको थियो।

एटली कुमारले निर्देशन गरेको फिल्म ‘जवान’ मा शाहरूखसँगै नयनतारा, विजय सेतुपथी, दीपिका पादुकोणलगायत कलाकारको अभिनय छ। फिल्ममा देश बचाउन प्रहरी जवानले गरेको संघर्षलाई देखाइनेछ।

गौरी खानको लगानी रहेको फिल्ममा शाहरूख डबल रोलमा देखिनेछन् भने नयनतारा पुलिस अफिसरको भूमिकामा देखिनेछिन्। फिल्ममा दीपिका अतिथि भूमिकामा देखिन लागेकी हुन्। जिके विष्णुले छायांकन गरेको फिल्मलाई रूबेनले सम्पादन गरेका छन्। हिन्दी, तमिल, तेलुगु भाषामा फिल्म ७ सेक्टेम्बरदेखि प्रदर्शन हुनेछ।