काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ। बुधबारको तुलनामा आज सुनको मूल्य प्रतितोला पाँच सय घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख छ हजार सात सय रूपैयाँमा किनबेच भएको थियो।

यस्तै, बुधबार चाँदी भने पाँच रूपैयाँले बढेर चार हजार सात सय ५० रूपैयाँमा किनबेच भइरहेको छ। बुधबार चाँदी चार हजार सात सय ४५ रूपैयाँमा कारोबार भएको थियो।


















