खाेज्नुहाेस

शेरबहादुर देउवाको भव्य स्वागत

Image

शेरबहादुर देउवा काठमाडौं आइपुगेका छन्। उनलाई नेपाली कांग्रेसका संस्थापन इतर समूहका नेता कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको भव्य स्वागत गरेका छन ।

navjiwan hospital

गत फागुन १३ मा पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित सिंगापुर उडेका थिए । उनी उपचारका लागि भन्दै सिंगापुर गएका थिए ।

attariya hospital

उनलाई विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ । संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देशभरका कार्यकर्ता उनको स्वागतका लागि विमानस्थल पुगेका थिए ।

देउवा शुक्रबार सुकेधारास्थित पार्टी प्यालेसमा आयोजना हुन लागेको संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम छ ।