खाेज्नुहाेस

गोदावरीमा खुलेआम नदीजन्य पदार्थको अवैध ढुवानी हुँदै

Image

अत्तरिया – कैलाली गोदावरी नगरपालिकामा खुलेआम अवैध रुपमा नदीजन्य पदार्थको ढुवाइ भइरहेको छ । ट्याक्टर व्यवसायीहरुले सडक किनारामा अवैध रुपमा बिना स्टक प्रमाणित गरेर राखेको नदीजन्य पदार्थ अवैध रुपमा कारोरबार भइरहेको हो ।

नगरपालिकाले जेठ ३२ गते सूचना जारी गरेर असाढ १ गते देखि भाद्र मसान्त सम्मको लागि नदीजन्य पदार्थ उत्खनन् तथा संकलनमा रोक लगाएको थियो । स्टक प्रमाणित गरेर कारोबार गर्न पाइने भएपनि त्यसका लागि आफ्नो निजी वा भाडामा लिएको जग्गामा मात्रै स्टक गरेको नदीजन्य पदार्थ प्रमाणित गरिने असार ३ गतेको सूचनामा उल्लेख थियो । सो सूचनामा सडकका दाँया बाँया, खोला किनार र सामाुदायिक वन क्षेत्रमा राखेको स्टक नदीजन्य पदार्थ भने स्कट प्रमाणित नहुने उल्लेख थियो ।

attariya hospital

नगरपालिकाको उक्त मापदण्डको धज्जी उडाउँदै हाल खुलेआम राजमार्ग किनारामै नदीजन्य पदार्थ बालुवा, ढुङ्गा, ग्राभेलको स्टक गरेर कारोबार भइरहेको छ । गोदावरी नगरपालिका – ३ चोकिडाँडामा पुर्व पश्चिम राजमार्गको किनारामा राखिएको नदीजन्य पदार्थ खुलेआम अवैध रुपमा स्टक गरेर ढूवानी हुँदा पनि नगरपालिका भने मौन बसेको छ ।

navjiwan hospital

जवकी नगरपालिकाले गत बर्ष फागुनमा सूचना जारी गरेर नदीजन्य पदार्थ नियम मिचेर उत्खनन् वा ढुवानी गरे ५० हजार देखि एक लाख सम्म जरिवाना हुने सूचना निकालेको थियो । नगरपालिकाले नदीजन्य पदार्थको व्यवस्थापनमा लागि एक पछि अर्का सूचना निकाल्ले गरेको भएपनि व्यवहारीक रुपमा भने ति सूचना कार्यान्वयन भएका देखिदैनन् ।

जबकी चौकिडाँडामा राजमार्ग किनारामा अवैध रुपमा नदीजन्य पदार्थको स्टक गरेर ढुवानी भइरहेको बिषयमा यसअघि अत्तरिया खबरले नै श्रावण ११ गते सामाचार प्रकाशित गरिसकेको छ । समाचार प्रकाशित गर्नु पर्व नै वडा अध्यक्षले अवैध रुपमा नदीजन्य पदार्थको संकलन र ढूवानी भइरहेको आफुलाई जानकारी भएकाले जफत गरी कारवाही गर्ने प्रतिवद्धता जनाएपनि अझैसम्म खुलेआम सो क्षेत्रमा अवैध कारोबार भने रोकिएको छैन ।

वडा नम्बर ३ का वडाध्यक्ष तेज राज अवस्थीले वडाले कारवाही गर्न नमिल्ने भएकाले आफूले यस बिषयमा नगरपालिकामा लिखित रुपमै जानकारी गराएको बताए । उनले हाल नगरप्रमुख भारतमा रहेकाले कारवाहीको प्रक्रिया अगाडी बढाउन नसकिएको बताए । उनले नगरप्रमुख कार्यालयमा पुग्ने बितिकै यस बिषयमा एक्सन लिइने बताए ।

नदीजन्य पदार्थ संकलन गरिएको क्षेत्रमा यसअघि बादी समुदायका टहरा निर्माण गरिएका थिए । ति टहरा भने वन कार्यालयले बैशाख १८ गते डोजर प्रयोग गरेर हटाएको थियो । हाल सो क्षेत्रमा पुनः टहरा पनि निर्माण गर्न थालिएको छ भने नदीजन्य पदार्थ पनि अवैध रुपमा संकलन गरेर ढुवानी भइरहेको छ । ठूलो परिमाणमा सडक क्षेत्रमा नदीजन्य पदार्थ संकलन गरेर हाल दैनिक जसो ढुवानीको काम हुँदा सो क्षेत्रमा दुर्घटनाको जोखिम समेत बढेको छ ।