अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा रहेको किसान कृषि सहकारी संस्था लिमिटेडको वार्षीक साधारण सभा सम्पन्न भएको छ । मंगलबार संस्थाकी अध्यक्ष राधा विष्ट कुंवरको अध्यक्षतामा आठौ बार्षीक साधारणसभा सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय सहकारी बैंक धनगढीका प्रमुख कृष्ण रावल प्रमुख अतिथि थिए । साधारण सभामा संस्थाको वार्षीक प्रतिवेदन संस्थाकी अध्यक्ष कुँवरले प्रस्तुत गरेकी थिईन् भने संस्थाको आयव्यय संस्थाकी प्रबन्ध सुना रोकायाले गरेकी थिइन् ।

२०७२ सालमा २७ जना शेयर सदस्य मिलेर संचालनमा ल्याएको यस सहकारी साथमा हाल १ हजार ८ सय ८९ जना शेयर सदस्यहरु रहेका छन ।



















