अत्तरियामा लागुऔषधको ट्रान्जिट सखाप पार्दै प्रहरी

अत्तरिया – कैलालीको अत्तरिया लागुऔषध कारोबारका दृष्ट्रिकोणले ट्रान्जिट प्वाईन्टका रुपमा लिने गरिएको छ । छिमेकी मुलुक भारतको सीमानाका नजिकै पनि भएकाले यहाँ लागुऔषधको कारोबार ब्यापक रुपमा हुने गरेको छ । पछिल्लो पुस्ताका युवायुवतीहरु लागुऔषधकै दलदलमा फस्ने गरेका छन । जसले यहाँको समाजमा नकारात्मक असर पर्दै गईरहेको छ । लागुऔषधकै प्रयोगका कारण हत्या, हिंसा, चोरी लगायतका अपराधजन्य गतिविधिहरु बढ्दै गईरहेका छन ।

maya metro hospital

कैलालीको अत्तरियामा मात्रै पछिल्लो समय लागुऔषधको कारोबारले उग्र रुप लिन थालेको प्रहरीले अनुसन्धानले देखाएको छ । लागुऔषधमा संलग्न युवायुवतीहरु धमाधम पक्राउ पर्न थालेपछि यहाँ लागुऔषधको कारोबार बढेको आशंका प्रहरीले गरेको छ ।

अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय (इप्रका) मालाखेतीले एक बर्षको अवधिमा लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ । आर्थीक बर्ष २०७९/०८० मा इप्रका मालाखेतीले ६ महिला सहित ८४ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट खैरो हेरोइन ५३ ग्राम २५० मिलिग्राम, चरेश १७ किलोग्राम २ सय ग्राम, नाइट्रोभेट ४१ ट्याब्लेट, स्पास्मो ७४ ट्याब्लेट, ट्रामोडेल ८ ट्याब्लेट, प्रेगा ४० ट्याबलेट बरामग गरिएको इप्रका मालाखेतीका डिएसपी गणेश बरालले जानकारी दिएका छन ।

attariya hospital

उनले व्यक्तिगत र समुहमा पक्राउ परेका ८४ जनामाथि ५४ वटा मुद्धा दर्ता गरिएको बताएका छन । जसमध्ये ४५ मुद्दा फर्छौट भएको र ९ मुद्दा फर्छौट हुन बाकी रहेको उनले बताए । डिएसपी बरालले यस क्षेत्रमा लागुऔषध दुव्र्यसनी र कारोबार बढी हुने गरेकाले त्यसको रोकथामका लागि प्रहरी सक्रिय भएर लागेको बताए । उनले सामुदाय प्रहरी साझेदारी अन्तरगत यस क्षेत्रमा स्कुल, कलेज, युवा क्लव, आमा समुह, बैंक, गाउँटोल, समुदाय संग समन्वय गरी सचेतना मुलक कार्यक्रम संचालन गरिएको बताए ।

इप्रका मालाखेतीले गत आर्थिक बर्षमा मात्रै ३८ वटा सचेतना मुलक कार्यक्रम संचालन गरिएको बताए । जसबाट २५ हजार जना लाभान्वित भएको प्रहरीको दावी छ । प्रहरीले लागु औषध संगै बालविवाह, बहुविवाह, घरेलु हिंसा, सवारी दुर्घटना न्यूनिकरणका लागि पनि राजमार्गमा होर्डिङ बोर्ड संगै करिब २० हजार पर्चा पम्पलेट वितरण गरेको जनाएको छ । डिएसपी बरालले कैलाली कञ्चनपुरका सिमानाकाबाट अत्तरियालाई ट्रान्जिट प्वाईन्ट बनाउदै प्रदेशका ७ वटै जिल्लाहरुमा लागुऔषधको कारोबार हुने गरेको बताए । उनले भुसको आगो सरी तिब्र गतिमा लागुऔषधको कारोबार फैलिरहेको बताए ।

‘उमेरको परिवर्तन सँगै विभिन्न कारणले पछिल्लो समय युवायुवतीहरुमा लागुऔषधको लत बस्ने गरेको छ’ उनले भने ‘जसका कारण समाजमा नकारात्मक असर पर्दै गएको छ ।’ उनले लागुऔषध सेवन प्रतिको उत्सुकता, साथीभाईको संगत, मोबाईल तथा सवारी साधनको दुरुपयोग, अभिभावकहरुले जथाभावी रुपमा दिने पकेट खर्च, अभिभावकको व्यस्तता र निगरानीमा कमी लगायतका कारणले युवायुवतीहरुले लागुऔषध को सेवन तथा कारोबारमा समय दिने गरेको बताए ।

नजिकै सिमानाका भएकाले युवायुवतीहरु आफैले भारतिय बजारहरु पलिया, खजुरिया लगायत क्षेत्रबाट खरिद गरेर ल्याई सेवन गर्ने तथा कारोबार गर्ने गरेको उनले बताए ।

उनले लागुऔषध सेवन तथा कारोबार नियन्त्रण गर्न अभिभावकको महत्वपुर्ण भुमिका हुने समेत बताए । ‘प्रहरी एक्लैको प्रयासले यो सम्भव छैन’ यसको नियन्त्रणमा सबैको सहयोग अनिवार्य आवश्यक छ ।’ लागुऔषधको ट्रान्जिट सखाप गर्ने अभियानमा प्रहरी रहेकाले विभिन्न तवरबाट प्रहरीलाई सहयोग गर्न उनले सबैलाई आग्रह गरे ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.