खाेज्नुहाेस

पेट्रोल र डिजेलको मूल्य बढ्दा ग्यास भने १३० रुपैयाँले घट्यो

Image

काठमाडौं- पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। भारतबाट इन्धनको मूल्य बढेर आएपछि नेपाल आयल निगमले पेट्रोल र डिजेलमा मूल्य बढाएको हो।

पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ र डिजेलमा प्रतिलिटर ७ रुपैयाँ बढेको हाे। अब पेट्रोलकाे मूल्य प्रतिलिटर १७३ रुपैयाँमा बिक्री हुनेछ। यसभन्दा अगाडि १६४ रुपैयाँ प्रतिलिटरमा बिक्री हुँदै आएकाे थियाे।

attariya hospital
navjiwan hospital

यस्तै, डिजेल १५३ रुपैयाँ प्रतिलिटरमा बिक्री हुनेछ। यसभन्दा अगाडि डिजेल १४६ रुपैयाँमा काराेबार हुँदै आएकाे थियाे।

यता ग्यासको मूल्य भने घटेकाे छ। निगमका अनुसार ग्यासमा प्रतिसिलिन्डर १३० रुपैयाँले मूल्य घटेको हाे। अब नयाँ मूल्यअनुसार १६ सय ६० रुपैयाँमा ग्यास उपलब्ध हुनेछ। ग्यासको मूल्य हाल प्रतिसिलिन्डर १७ सय ९० रुपैयाँमा काराेबार हुँदै आएकाे थियाे।

घटेको मूल्य मंगलबार राति १२ बजेदेखि लागू भइसकेकाे छ।