दार्चुलामा लम्पी स्किनको महामारी फैलियो

दार्चुला – दार्चुलामा लम्पी स्किन रोगको महामारी फैलिएको छ । ९ वटा पालिका रहेको दार्चुलाका सबै क्षेत्रमा लम्पी स्किनको संक्रमण देखिएको हो । महामारीका कारण अढाई हजारभन्दा बढी पशुचौपाया मरेका छन् । सबै ठाउँमा गरि ४३ हजारभन्दा बढी पशुचौपायामा लम्पी स्किनको संक्रमण रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।

maya metro hospital

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार लम्पी स्किन रोगबाट हालसम्म २ हजार ५ सय ४० पशुचौपाया मरेका छन् । ४३ हजार ४७७ पशुचौपाया संक्रमित रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका प्रमुख रामबहादुर खड्काले जानकारी दिए ।

joshi vada pasal 2

महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिका लगायतका जिल्लाका सबैजसो स्थानीय तहहरुमा पशुचौपायामा लम्पी स्किनको संक्रमण रहेको किसानहरुले बताए ।

गाईगोरुमा लम्पी स्किनको संक्रमणबाट मरेपछि अहिले गोठ रित्तिएको ब्यास गाउककपालिका – ५ स्याकुकी मथुरा धामीले बताइन् । ‘घरेलु जडिबुटीको उपचार गरेपनि बचाउन सकिएन’, उनले भनिन्, ‘लम्पी स्किनले आफ्नो गोठ रित्तिएसँगै छिमेकमा पनि संक्रमण बढेको छ ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.