अत्तरियाका गल्ली सडकमा व्यापारीको रजगज

अत्तरिया – केहि दिन अगाडी अत्तरियाको लोटस गल्लीको प्रवेशद्धारमा रहेको सीएमए संघको गेट भत्काइयो । सडकको प्रवेसद्धारामा गेटले गर्दा बाटो साघुरो भएको भन्दै गोदावरी नगरपालिकाले उक्त गेट भत्काएको थियो । केहि इन्च मात्रै सडक क्षेत्रमा परेको उक्त एतिहासिक गेट भत्काइएपछि त्यसको पक्ष विपक्षमा भएका टिप्पणीले केहि समय सामाजिक संजाल पनि तात्यो । तर, सोही गल्ली संगै जोडिएको भिमदत्त राजमार्ग देखिको प्रवेशद्धारमा भने आधा सडक नै अतिक्रमण गरेर व्यवसायीले निर्माण गरेका पसललाई भने अझै हटाइएको छैन् ।

maya metro hospital

आदर्श गल्लीको नामले चिनिने यो सडक अत्तरियामै बढी व्यस्त हुने गल्लीको रुपमा लिइन्छ । यो गल्लीको भित्री सडक २० फिट भन्दा चौडा भएपनि प्रवेशद्धारामा भने साधुरो छ । त्यही साधुरो प्रवेशद्धारमा व्यवसायीले सटर भन्दा बाहिर सामान र पसलका स्थायी संरचना नै निर्माण गरे सडक कब्जा गरेका छन ।

joshi vada pasal 2

निकै लापरवाही पुर्वक यसरी गल्लीको आवजावत नै अवरुद्ध हुने गरी व्यापारीले रजगज जमाएका भएपनि सम्बन्धित निकाय भने मौन छ । तर, स्थानीय र सो सडकमा आवतजावत गर्नेले भने निकै सास्ती खेप्नु परेको छ । स्थानीय खडक बहादुर पातलीले सडकमा पसल संचालन गरेर आवतजावतमा निकै समस्या भएको बताए । उनले पटक–पटक आग्रह गर्दा पनि सो क्षेत्रका व्यवसायीहरुले नटेरेको बताए ।

स्थानीय लोकराज पन्तले सडकमा व्यवसायीक पसल संचालन गरेकाले गल्लीमा आवतजावत गर्न निकै समस्या भएको बताए । उनले गल्लीको प्रवेशद्धारा संचालन गरिएका तरकारी पसलेहरुले गाडीबाट सामान लोड अनलोड गर्ने समयमा पुरै सडक बन्द हुने गरेको बताए । ‘सडकमा सवारी साधन नराख्नुुन भन्दा बास्ता गर्दैनन्’ उनले भने ‘आधा सडक सम्म पसल नै राखेका छन । त्यसैमा तिनै पसलका सामान लोड अनलोड गर्ने गाडीले गल्लीमा मोटरसाइकल छिराउने पनि बाटो बचेको हुँदैन ।’

केही व्यवसायीको मनोमानीका कारण सडकको आवतजावत नै अवरुद्ध भएपनि स्थानीयले भनेको न ती व्यवसायीले टेर्ने गरेका छन न नगरपालिकाले नै तिनिहरुलाई हटाउन चासो दिएको छ ।

सडक क्षेत्र अतिक्रमण गरेर पसल संचालन गरिरहेका गगन बयानीले आफूले लामो सयम देखि यसरी पसल संचालन गरिरहेको भएपनि हालसम्म नगरपालिकाबाट हटाउन नभनेको बताए । उनले नगरले भनेमा आफू सडकमा राखेका सामान हटाउन तयार भएको बताए । यद्दपी उनले सडक पनि साघुरो भएकाले बढी भिडभाड हुने तर्क गरे । बयानीले सो गल्लीका दुवैपट्टि सडक क्षेत्र नै साधुरो हुने गरी तरकारी पसल राखेका छन । केही अन्य व्यवसायीले पनि सडक क्षेत्र अतिक्रमण गर्ने गरी व्यवसाय संचालन गर्दा आवतजावतमा समस्या हुने गरेको हो ।

पछिल्लो समय अत्तरिया बजारमा गल्लीहरु विस्तार हुँदै गएका भएपनि व्यवस्थित नहुँदा भने अधिकांस अस्तव्यस्त छन । गल्लीमा व्यवसायीहरुले सडक कब्जा गरेर व्यापार गर्ने, सवारी साधन जताजतै पार्कीङ गर्ने लगायतका कारणले गल्लीहरु अव्यवस्थीत हुन थालेका हुन । तर, नगरपालिकाले राजमार्ग क्षेत्रमा सडक, फुटपाट खाली गराउन केही समय अगाडी डोजर चलाएको भएपनि गल्लीमा भएको अस्तव्यस्ततालाई सुधार्नको लागि भने ध्यान दिएको पाइदैन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.