तिन बर्षमा अढाइ किलोमिटर सडकको आधा काम पनि सकिएन्

अत्तरिया – गत बर्ष मात्रै छिमेकी देश भारतले १०५ घण्टा ३३ मिनेटमा ७५ किलोमिटर सडक निर्माण गरेर गिनिज वल्र्ड बुकमा नाम लेखायो । विश्वमा यस्ता तिव्र विकास निर्माण भएका अन्य पनि धेरै विश्व रेकर्ड छन । तर, त्यसको ठिक उल्टो सुस्त काम भएको रेकर्ड नै राख्न मिल्ने गरी कैलालीको गोदावरीमा सडक निर्माण भइरहेको छ । जुन सडकको अढाइ किलोमिटर नाला सहित कालोपत्रे गर्ने काम ३ बर्षमा पनि पुरा भएको छैन । ३ बर्षमा जम्मा ४० प्रतिशत मात्रै काम भएको यो सडक यही गतिमा काम हुने हो भने अझै यसको निर्माण गर्न ४ बर्षको हाराहारीमा लाग्ने देखिन्छ ।

Karma Consultancy

चरम ढिलासुस्तीको नमूना बनेको यो सडक सुदूरपश्चिम प्रदेश सरकारकै गौरवको आयोजना अन्तरगत पर्दछ । भिमदत्त राजमार्गकै बैकल्पिक सडक बन्ने भनिएको यो चौकीडाँडा–फल्टुडे सडकको पहिलो खण्डको निर्माणमा चरम ढिलासुस्ती हुँदा स्थानीय निरास मात्रै छैनन् आवतजावत गर्न पनि सास्ती खेप्दै आएका छन । गोदावरी नगरपालिका वडा नम्बर १०, ११ र १२ जोड्ने मुख्य सडक भएकाले पनि निर्माणमा ढिलाई हुँदा सो क्षेत्रका जनताले सास्ती खेप्नु परेको वडा नम्बर ११ का वडाध्यक्ष प्रेम सिह बडौलाले बताए ।

citizen security services

शुख्खा मौसममा धुलो खाएका यस क्षेत्रका जनताले बर्षातमा हिलोको सामना गर्नुपर्ने अवस्था आएपछि चर्को विरोध गर्दा हाल काम सुरु गरेजस्तो गरिएपनि गति भने लिन सकेको छैन । वडाअध्यक्ष वडौलाले यस क्षेत्रका सबै वडाध्यक्षले चर्को दवाव दिएपछि हाल ठेकेदारले खाल्डा पुरेर बर्षातमा हिड्न मिल्ने बताउन लागेको बताए । उनले केहि कामदार लगाएर नाली निर्माणको काम पनि सुरु भएपनि निकै सुस्त गतिमा काम भइरहेको बताए ।

attariya hospital

वडा नम्बर ३ मा रहेको कृष्णमन्दिर देखि गोदावरी – १० को वडा कार्यालय सम्म अढाई किलोमिटर सडक कालोपत्रे गर्न प्रदेश सरकार अन्तरगतको भौतिक पुर्वाधार विकास कार्यालय धनगढीले २०७७ भदौं १८ गते एड्भेन्चर, थेगिङ, सन्लाईट जेभि संग ठेक्का सम्झौता गरको थियो । सम्झौता अनुसार २०७८ माघ १७ गते भित्र सडक निर्माण गरिनु पर्ने भएपनि काम नसकिएपछि म्याद थप गरेर २०८० असार मसान्त सम्मको समय सीमा तोकिएको थियो । सडक निर्माणका लागि ५ करोड ८४ लाख ठेक्का सम्झौता भएको थियो ।

पुनः म्याद थप्ने तयारी

थपिएको म्यादमा पनि काम नसकिएपछि हाल पुन म्याद थपका लागि निर्माण कम्पनीले भौतिक पुर्वाधार विकास कार्यालय निवेदन दिएको छ । भौतिक पुर्वाधार विकास कार्यालय धनगढीका प्रमुख राम चन्द्र खत्रीले म्याद थप नगरिएको भएपनि प्रक्रियामा रहेको बताए । उनले जग्गा विवाद र ठेकेदारले समयमा काम नगर्दा सडक निर्माणमा ढिलाई भएको बताए । ‘हाल सडकको ४० प्रतिशत मात्रै काम भएको छ’ उनले भने ‘काम ढिला हुनुमा ८० प्रतिशत जिम्मेवारी ठेकेदारकै छ । २० प्रतिशत जति ढीलाई हुनुको कारण जग्गा विवाद पनि हो ।’

निर्माण कम्पनीका साइड इन्चार्ज नारायण कडेल भदौ देखि काम तिव्र गतिमा अगाडी बढ्ने बताए । ‘अहिले हामीले तत्कालका लागि ग्रेडर लगाएर खाल्डाखुल्डी पुर्ने काम गरिरहेका छौ । अहिले बर्षादमा अरु काम गर्न सम्भव छैन’ उनले भने ‘भदौदेखि अहिलेको गतिमा नभएर तिब्र गतिमा काम गर्ने कुरा भएको छ ।’

उनले काम सुस्त हुनुको कारण आफूहरुको कमजोरी संगै जग्गा विवाद हुनु पनि रहेको बताए । ‘काम सुरु गर्न हामीहरुबाट पनि ढिलाई भएको हो । यो लुकाएर लुक्ने कुरा होइन’ उनले भने ‘काम सुरु भएपछि जग्गा विवादले धेरै समय काम हुन सकेन । जसले गर्दा काममा ढिलाई भयो ।’

नयाँ ठेक्काको काम पनि भदौदेखि

पहिलो खण्डको काम लथालिङ्ग हुँदा प्रदेश सरकारको भौतिक पुर्वाधार विकास कार्यालयले थप सडक कालोपत्रे गर्न नयाँ ठेक्का सम्झौता गरिसकेको छ । ३ किलोमिटर थप कालोपत्रे गर्नका तेडी निर्माण सेवा संग ५ करोड ७६ लाख भ्याट बाहेक ठेक्का सम्झौता भएको छ । उक्त सडक वडा नम्बर १० को कार्यालय देखि बान्द्रेखाल सम्म पुग्ने बताइएको छ । २०७९ चैत्र १८ गते भएको सम्झौता अनुसार उक्त सडक १८ महिना भित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने हुन्छ ।

तेडी निर्माण सेवाका संचालक दिल बहादुर ओलीले हाल निर्माण सामग्री ढुवानी नगरिएकाले भदौ देखि काम सुरु हुने बताए । उनले भने ‘असार अगाडी निर्माण सामग्री ढुवानी गर्न सकिएन । अहिले अब खोलानाल नै बन्द भएकाले अब भदौदेखि काम सुरु हुन्छ ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.