खाेज्नुहाेस

जीवन मरणको दोसाँधमा ओलानीका देव, सहयोगको अपील

Image

अत्तरिया – आर्थीक अभावकै कारण १ महिना देखि घरमै थला परेका देव बहादुर सिह जीवन मरणको दोसाँधमा छन । कैलालीको गोदावरी नगरपालिका – १० ओलानीका देव बहादुरलाई सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न डाक्टरले सुझाव दिएका भएपनि आर्थीक अभावका कारण मालाखेती अस्पतालकै वेडमा सामान्य उपचार गराइरहेका छन् ।

१ महिना देखि घरमै थला परेका उनलाई स्थानीयले चन्दा संकलन गरेर बुधबार धनगढीको सेती प्रादेशिक अस्पतालमा लगेका थिए । त्यहाँ उपचार गराउन वेड खालि नभएको भन्दै घर पठाइएका उनलाई आफन्तको सल्लाहमा गोदावरी – ३ मा रहेको मालाखेती अस्पतालमा राखिएको छ । देव बहादुरकी बहिनी समिक्षा सिहले डाक्टरले सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन भनेपनि आर्थीक अभावका कारण लग्न नसकिएको बताइन् ।

attariya hospital

‘दाई बिरामी भएर घरमै बसेको बेला गाउँका दाई भाइहरुले चन्दा संकलन गरेर उपचार गराउन्छौ भनेर धनगढीमा लग्नु भएको थियो । धनगढीको सेती अस्पतालमा वेड नपाउँदा हामीले वहाँलाई फिर्ता ल्याएर मालाखेती अस्पतालमा राखेका हौ’ उनले भनीन् ‘यहाँ उपचार सम्भव नभएको डाक्टरले भन्नु भएको छ । वहाँको बाहिर लगेर उपचार गर्ने अहिले घरको आर्थिक अवस्था नभएकाले यतै राखेका छौ ।’

२८ बर्षीय देव बहादुरका बुवा छैनन् भने घरमा आमा पनि अपाङ्गता छिन् । उनी ८ बर्ष पहिले सवारी दुर्घटनामा परेर अपाङ्गता भएकी थिइन् । देव बहादुरकी बहिनी समिक्षाले अहिले आमाको भत्ताले नै घर खर्च चलेको भएपनि उपचार गराउँन सक्ने अवस्था नभएको बताइन् । उनका अनुसार देव बहादुर पहिले देखि मृगीका रोगी भएपनि घरमा सामान्य काम धन्दा भने गर्दै आएका थिए । एक महिना अगाडी मृगी भएकै बेला चोट लागेर उनी थला परेका थिए ।

‘दाई पहिले देखि मृगिको विरामी हुनहुन्थ्यो । त्यस्तै अवस्थामा वहाँ कहाँ लड्नुभएर घाउ लागेको थियो’ समिक्षाले भनीन् ‘पछि त्यो सानो घाउँ एक्कासी ठूलो भएर अहिले हिडडुल नै गर्न नसक्ने अवस्था भएको छ । बोल्न पनि सक्नु हुँदैन ।’

navjiwan hospital

उनले दाईको उपचारका लागि आफूले सबैसंग सहयोगको अपील गरेको बताइन् । उनले भनीन् ‘हामीले अहिले सहयोगको अपिल गरेपछि केही सहयोग रकम जुट्न थालेको छ । सहयोग रकम जुट्यो भने अन्य ठूलो अस्पतालमा लग्ने योजना बनाएका छौ ।’

स्थानीय सामाजसेवी रमेश ताम्राकारले बिरामीको अवस्था नाजुक देखेपछि गाउँलेले घरबाट उद्दार गरेर अस्पताल पु¥याएको बताए । उनले मालाखेती अस्पतालमा राखेर उपचार सम्भव नभए पनि घरमा भन्दा केही राहत हुन्छ की भनेर भर्ना गरिएको बताए । उनले आर्थीक अवस्था कमजारेर भएकाले आफुहरुले पनि सहयोग रकम जुटाउन पहल गरिरहेको बताए ।

अस्पतालका डाक्टर आशिस बिष्टले देव बहादुरको शरिरमा रगतको मात्रा कम भएकाले उपचारमा समस्या भएको बताए । शरिरमा रगतकै अभाव भएका कारण घाउ पनि निको हुन नसकेको उनले बताए ।

‘वहाँ लामो समयसम्म बेडमै सुतेको हुनाले डाढको भागमा पनि घाउँ भएको छ । वहाँको घाउ निको हुन प्रयाप्त रगतको आवश्यकता पर्छ । प्रोटिन पनि हुनुप¥यो’ उनले भने ‘वहालाई सुबिधा सम्पन्न अस्पतालमा राम्रो उपचारको आवश्यकता छ । हामीले यहाँ उपचार सम्भव नभएको बताए पनि बिरामीका आफन्तले आर्थिक अवस्था कमजोर रहेको बताएपछि यहाँ भर्ना गरेका हौ ।’

उनले बिरामीको शरिरमा के कारणले रगतको अभाव भएको भनेर पत्ता लगाउन आवश्यक रहेको बताए । उनले शरिरमा सोडियम (चिनी) र प्रोटिनको मात्रा पनि बढाउन आवश्यक रहेको बताए ।