खाेज्नुहाेस

माटो उत्खनन् रोकौं

Image

वर्षा सुरु भैसकेको छ । कुन बेला ठूलो वर्षा हुन्छ र विपद् निम्तीन्छ भन्ने कुराको ठेगान छैन । यस्तोमा प्रकृतिको विनास गर्नु स्वयम्लाई विनासको मुखमा पु¥याउनु सरह हो । कैलालीको गोदावरी नगरपालिका – २ मा पनि सोही भएको छ । उक्त वडामा रहेको एकता महिला सामुदायिक वनबाट अवैध रुपमा माटो उत्खनन् गरिएपछि शान्तीपुर बस्तीमा बाढीको जोखिम बढेको छ । सडक निर्माणको नाममा सामुदायिक वनबाट अबैध रुपमा माटो उत्खनन् गरेपछि अहिले सो क्षेत्रमा रहेको बस्ती बाढीको जोखिममा परेको हो ।

सामुदायिक वन क्षेत्रको किनारै किनार सडक निर्माण गर्ने नाममा उचो भागलाई कटान गरिएपनि अहिले सो क्षेत्र जोखिममा परेको छ । अवैध रुपमा रुखका जरा समेत बाहिर देखिने गरी माटो उत्खनन् गरिएपछि अहिले सो क्षेत्रको माटो बगेर बस्तीमा जाने खतरा बढेको छ । करिब १ किलोमिटर क्षेत्रमा सडक बनाउने नाममा उत्खनन् गरिएपछि शान्तिटोल जोखिममा परेको भन्दै स्थानियबासीहरु त्रसित बनेका छन ।

attariya hospital
navjiwan hospital

सडक बनाउने बहानामा वन र केही स्थानीयको मिलेमतोमा माटो विक्री गर्ने मनसायले उत्खनन गर्दा अहिले बस्ती जोखिममा उनिहरुले आरोप लगाउन थालेका छन । सो क्षेत्रमा अहिले वन अतिक्रमण गरेर घरेडी बनाउने काम पनि हुन थालेको छ । वन ऐन, २०७६ को दफा ४९ को (ग) र (झ) अनुसार वन क्षेत्रको जग्गा जोत्ने, खन्ने उत्खनन गर्ने, आवाद गर्ने सडक तथा अन्य पूर्वाधार निर्माण गर्न र माटो झिक्न निषेध गरिएको भएपनि सो क्षेत्रमा निर्वाध रुपमा वन कार्यलयहरुकै संरक्षणमा माटो उत्खनन् गरिएको थियो । हाल माटो उत्खनन्को काम रोकिएको भएपनि उत्खनन्का कारण बढेको जोखिम प्रति सरोकारवाला निकाय मौन बसेका छन ।

सालको घना जंगल रहेको क्षेत्रमा पुरानो बाटोलाई सम्याउने नाममा करिब ३०/४० फुट उचो भागको माटो काटेर सम्याइएको छ । जसका कारण सो क्षेत्रमा भएका रुखका समेत जरा बाहिर देखिएका छन । जसले रुख सुक्ने जोखिम बढेको छ । उचो जमिन काटेर सडक बनाउने भनिएपनि उक्त सडकमा ग्रावेल समेत नहालिदा हिलाम्मे र धुलाम्मे भएर हिडडुल गर्न नसकिने अवस्था छ ।

माटो कटान गरिदा जमिन खुकुलो हुदाँ बर्षातको पानीले सो क्षेत्रको माटो कटान गरेर बस्तीमा आउने जोखिम बढेकाले समयमै यसको नियन्त्रण गर्न जरुरी रहेको छ ।