अत्याधिक गर्मीबाट जोगिऔं

केही दिन यता बढेको गर्मीका कारण जनजीवन अस्तव्यस्त हुन थालेको छ । चर्को गर्मी बढेको तराईका जिल्लामा तापक्रम ४० डिग्रीभन्दा बढी पुगेको छ । गर्मीले मानिसहरुको दैनिकी प्रभावित हुनुका साथै बिभिन्न प्रकारका रोगको समेत जोखिम बढेको छ । गर्मी अत्याधिक बढेपछि पश्चिम तराइमा अझै पानी पर्ने संकेत देखिएको छैन । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले प्रश्चिम नेपालको तराइमा पानी पर्न अझै समय लाग्ने बताएको छ ।

maya metro hospital

गर्मीका कारण कतिपय स्थानीय तहले केही दिन विद्यालय बन्द गरे पनि केही ठाउँमा अझै सञ्चालन भइरहेको छ । गर्मीको स्थिति हेरेर केही दिन विद्यालय बन्द गरियो भने बालबालिकालाई जोगाउन सकिन्छ । यस्ता विषयमा विद्यालय प्रशासन र अभिभावक समेत सचेत हुन जरुरी छ ।

गर्मी बढेसंगै सरकारले घरबाट बाहिर ननिस्कौं भन्ने सन्देश प्रभाव गरिरहेको भएपनि दैनिक मजदुरी गरी खानेले भने बाहिर निस्कनुपर्ने बाद्यता छ । गर्मीमा बाद्यताले घरबाहीर निस्किएपनि गर्मी छलेर र छिनछिनमा आराम गर्दै काम गर्नुपर्ने हुन्छ । पार्नी प्रशस्त पिउनुका साथै रसिलो खाने कुरा खानुपर्छ । त्यसकारण सकेसम्म सावधानी अपनाऔं । गर्मीबाट जोगिऔं ।

attariya hospital

सरकारले पनि गर्मीका कारण बिरामीको संख्या बढेकाले त्यस्ता विरामीको चाडो भन्दा चाडो उपचारका लागि अस्पतालहरुमा व्यवस्थापन गर्न आवश्यक छ । गर्मीकै कारण मानिसहरुको ज्यानै समेत जान सक्ने भएकाले सरकारले यस्तो हुन नदिन र गर्मीबाट जोगाउने उपायका बारेमा आम सर्वसाधारणलाई जानकारी दिन आवश्यक छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.