रंगशाला निर्माणमा ध्यान देउ

केही दिन अघि मात्रै धनगढीमा आयोजना भएको पालिका स्तरिय क्रिकेट प्रतियोगीतामा कैलालीको गोदावरी नगरपालिकाको टिम प्रथम स्थान हासिल गर्न सफल भयो । जिल्लाका सबै पालिकाहरुका टिमहरुको सहभागीता रहेको उक्त प्रतियोगीतामा प्रथम हुनु गोदावरीका लागी एकदमै खुसिको खबर हो ।

maya metro hospital

तर, जिल्लामै उत्कृष्ट बनेको गोदावरीमा भने खेलाडीहरुका लागि खेलमैदानको अभाव हुदै आएको छ । फुटबलका केही सामान्य खेलमैदानहरु बनाईएका भएपनि क्रिकेट लगायत अन्य खेलहरुका लागि भने बाहिर धाउनुपर्ने बाध्यता छ । स्थानीय तहमा स्थानीय सरकारको दोश्रो कार्यकाल चलिरहेको छ । तर युवाहरुलाई खेलकुद तिर आर्कषित बनाउने खालका योजनाहरु भने हालसम्म बनेका छैनन् ।

joshi vada pasal 2
raunak fals and silling

खेलकुदमा चासो राख्ने र खेलकुदबाटै अघि बढ्न चाहेका युवाहरुलाई आफुले चाहेको खेलको अभ्यासका लागि समेत एउटा रंगशाला नगरपालिकाले बनाउन सकेको छैन । स्थानीय तहको पहिलो ५ वर्षे कार्यकाल सकिदाँ सम्म युवाहरुले रंगशाला देख्न पाएनन्, यो कार्यकालको पहिलो वर्षसम्म पनि अवस्था सोही छ ।

खेलकुदमा राम्रो गर्न सके यसले खेलाडी मात्रै नभई नगरको समेत पहिचान उचो हुन्छ । त्यसका लागि युवाहरुलाई खेलकुदतिर तान्न सक्ने योजनाहरु बनाउन आवश्यक छ । त्यसका लागि सबैभन्दा मुख्य कार्य रंगशालाको निर्माण नै हो । रंगशालाको निर्माण गर्न सके नगरमा पनि वृहत खेलकुदका कार्यक्रम तथा प्रतियोगीताहरु आयोजना गर्न सकिन्छ । जसले यहाँको पर्यटकिय क्षेत्रको विस्तारमा टेवा पुग्नुका साथै आर्थिक उन्नती समेत गर्न सकिन्छ ।

खेलकुदकै कारण विश्वभर चिनिएका कतिपय देशहरु छन । खेलकुद पहिचानको लागि मात्रै नभई स्वास्थ्यका लागि पनि उत्तिकै आवश्यक छ । युवाहरुलाई कुलतको बाटोबाट माथि उकास्न खेलकुदले भूमिका निर्वाह गर्न सक्दछ । त्यसको लागि नगरमा एउटा गुणस्तरिय रंगशाला हुन आवश्यक छ । तसर्थ सरोकारवाला निकायले रंगशालाको अभावलाई ध्यानमा राखि व्यवस्थित योजनाका साथ निर्माण थाल्न आवश्यक छ ।

indreni vansa ghar
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.