सुदूरको स्वास्थ्यप्रति गम्भिर बनौं

सरकारले२०७९/८० को नीति तथा कार्यक्रममै प्रत्येक प्रदेशमा २ वटा मेडिकल कलेज वा प्रतिष्ठान स्थापना गर्ने घोषणा गरेको थियो । जसअनुसार सबै प्रदेशमा हाल मेडिकल कलेज, प्रतिष्ठान स्थापना भएपनि सुदूरपश्चिमलाई भने अझै यो नीतिले छुन सकेको छैन । सरकारले सुदूरपश्चिममा २०७४ सालदेखि नै प्रस्तावित गेटा मेडिकल कलेजका नाममा भौतिक संरचना निर्माणको काम अगाडी बढाएको थियो । हाल त्यसको भौतिक प्रगति सन्तोषजनक भएपनि नीतिगत रुपमा भने अझै अन्योलमै छ ।

maya metro hospital

देशभर २३ वटा मेडिकल कजेल प्रतिष्ठान स्थापना भइसक्दा पनि करिब २८ लाख जनसंख्या रहेको सुदूपश्चिममा भने अझै सरकारले एउटा पनि मेडिकल कलेज स्थापनाका लागि तदारुता देखाएको छैन ।

करिब ६ अरवका भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुग्दा पनि सरकारको ढुलमुले नीतिका कारण अझै पनि यसको संचालनको खाका कोरीन सकेको छैन् । उसै स्वास्थ्य क्षेत्रमा पछाडी परेको सुदूरपश्चिमलाई मुख्य प्राथमिकतामा राखेर अगाडी बढ्नु पर्नेमा अझै राज्यले गेटामा निर्माण गरिएका संरचना प्रयोगमा ल्याउन कन्जुसाई गरिरहेको छ ।

attariya hospital

६ सय सय्याको अस्पताल संचालनका लागि भौतिक संरचना निर्माण हुँदा पनि सरकारले आगामी आर्थीक बर्षका लागि झारो टारे भै १ सय वेडको अस्पताल मात्रै संचालन गर्ने भनेर बजेट विनियोजन गरेको छ । जवकी १ सय बेडको अस्पताल संचालन गरेर सरकारको नीति अनुसार न मेडिकल कलेज संचालन गर्न सकिन्छ न प्रतिष्ठान नै ।

झन त्यसैमा सरकारले नै कहिले गेटामा मेडिकल कलेज बनाउने, कहिले प्रतिष्ठान बनाउने, कहिले मेडिकल विश्वविद्यालय बनाउने भनेर जनतालाई रनभुल्लमा पारीरहेको छ ।

राज्यबाट स्वास्थ्य सेवामा पछाडी पारिएकाले सुदूरपश्चिममा त्यसको क्षतिपुर्ती सहित यस क्षेत्रमा मेडिकल विश्वविद्यालय बनाउन उपयुक्त हुने संसदको संघिय शिक्षा तथा स्वास्थ समितिले सरकारलाई स्थलगत अवलोकन पछि सुझाव दिएको थियो । जसबाट ढिलै भएपनि यस क्षेत्रले देशकै गौरवको पहिलो स्वास्थ्य विश्वविद्यालय पाउने आशा जगायो । सरकारले पनि सोही अनुसार गत बर्ष माघ २९ गते गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय ग-यो । विडम्बना हाल आर्थीक बर्ष २०८०/८१ को संसदमा प्रस्तुत गरिएको बजेटमा विश्वविद्यालयबाट प्रतिष्ठानमा मात्रै झारिएन एमबीबीएस शिक्षण गराउन पनि नमिल्ने गरी १ सय बेडको मात्रै अस्पताल संचालन गर्ने निर्णय गरियो । जसको हाल सुदूरपश्चिम प्रदेश भरी विरोध भइरहेको छ ।

‘माछा माछा भ्यागुतो’ भने झै अहिले पुनः यस क्षेत्रका जनताले ठगिएको महशुस गर्न थालेका छन । जसबाट राज्यले अझै सुदूरपश्चिममा स्तरिय स्वास्थ्य सेवा दिन चाहदैन भन्ने नियत स्पष्ट बुझ्न सकिन्छ । त्यसैले २८ लाख जनसंख्या रहेको सुदूरपश्चिमका नागरिकको स्वास्थ्य संग जोडिएको विषयमा राज्यले कुनै बाहानामा पनि अझै पछाडी धकेलिने गरि वेवास्ता नगरी गम्भिर बन्न जरुरी छ ।

EDV bipin Stationary
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.