खाेज्नुहाेस

फुलबस्तीमा विद्युत विस्तार गरौं

Image

दुर्गम मात्रै नभएर सुगम जिल्ला मानिने कैलालीको फुलबस्तीका नागरिक अझै विद्युत सेवाबाट बन्चित छन् । गोदावरी नगरपालिका ४ मा पर्ने सो क्षेत्रमा नागरिकहरु विद्युत विस्तार नहुँदा २१ औं सताप्दिमा पनि टुकी र सोलार बत्तीको सहारामा दैनिक चलाउन बाध्य छन ।

फुलबस्ती, पट्रयानी, बामदरे, सिमलगैरा लगायतका स्थानीयले पटक–पटक आश्वासन मात्रै पाउने तर, न्यूनतम विकासको पुर्वाधार विद्युत सेवा पनि पाउन नसक्दा निकै कस्टकर जीवन जिउन बाध्य छन । एकातिर विद्युतको आश्वासन झेलिरहेका स्थानीयलाई अर्कोतिर पटक पटक विद्युत विस्तार गर्ने नाममा राज्यबाटै ठगि भएको छ । जसका कारण सो क्षेत्रका जनता झन बढी निरास छन ।

attariya hospital
navjiwan hospital

सो क्षेत्रका विद्युत विस्तारका लागि काम अगाडी बढ्यो भनेर आश्वासन मात्रै पाउन थालेको बर्षै वितिसकेको छ । केन्द्र सम्म पहुच नभएका उनीहरुको समस्याको सामाधान स्थानीय सरकार आएपछि पनि पुरा हुन सकेको छैन ।

सुगम जिल्लामा बसेर पनि न्यूनतम विकासको पुर्वाधार विद्युत सम्म उपभोग गर्न नपाएका यस क्षेत्रका जनता हाल राज्य संग निराश मात्रै छैनन आफूलाई समाजमा निकै पछाडी परेको मानसिक पीडा समेत भोग्न बाध्य छन ।

चारैतिर विद्युत विस्तार भएको जिल्लाको बीचका बस्तीलाई अन्धाकारमा राख्नु त्यस क्षेत्रका जनताका लागि न्यायोजित होइन । जुनसुकै बाहानामा भएपनि अहिलेको समयमा पनि त्यस क्षेत्रका जनतालाई अन्धकारमा राख्न पाइदैन । त्यसैले चाडो भन्दा चाडा त्यस क्षेत्रका जनतालाई विद्युत सेवाको पहुचमा ल्याउन आवश्यक छ ।

नत्र नेपाललाइ लोडसेडिङ मुक्त गरेको, नेपालले विद्युत निर्यात गरिरहेको भन्ने सरकारका उपलब्धि त्यस क्षेत्रका जनताका लागि हर्ष न विस्मात जस्तै हुने छन । काम अगाडी बढाउँदा पनि किन कसरी काम रोकिएको हो त्यसको खोजि गरी चाडो भन्दा चाडो फुलबस्ती लगायतका क्षेत्रमा विद्युत विस्तार गर्न स्थानीय सरकार र सरोकारवाला निकायले पहल गर्न आवश्यक छ ।