खाेज्नुहाेस

कृषि नारामा मात्रै सिमित नबनाऔं

Image

नेपाल कृषि प्रधान देश भएपनि निरन्तर अर्बाैका खाद्यान्न सामग्रीहरु विदेशबाट आयात गरिरहेको छ । नेपालको माटोलाई कृषिजन्य वस्तुहरु उब्जाउका लागी एकदमै उपयुक्त मानिन्छ । देशको तराई फाँटमा उब्जनी हुने खाद्यान्नकै कारण पहाडी र हिमाली क्षेत्रमा नागरिकहरुलाई भोकमरीबाट बचाउन सकिने अवस्था छ । तर कृषिक्षेत्रमा उत्पादन कम हुँदा विदेशबाट आयात गर्नुपर्ने अवस्था छ ।

कृषि क्षेत्रमा लागेका किसानहरुले उब्जाउ गरेको बस्तुको मुल्य नपाउने, बजारको समस्या हुने लगायतका कारणले विस्तारै कृषि काम गर्ने कृषकहरु विदेश पलायन हुदै गईरहेका छन । जसले देशको कृषि उत्पादनको मात्रा घटाईरहेको छ । कृषकहरुलाई स्वदेशमै रोकी कृषि क्षेत्रको विकास गर्ने लक्ष्यका साथ सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको भएपनि ति कार्यक्रमहरुको नियमितता र पारदर्शिता नहुँदा त्यस्ता कार्यक्रमहरुमा लगाईएको लगानी खेर गैरहेको छ ।

attariya hospital
navjiwan hospital

कृषि उत्पादनका लागी उपयुक्त स्थान भएपनि आवश्यक भौतिक पुर्वाधार, कृषिजन्य यन्त्र, बजार आदीको समस्याका कारण अहिले कृषि कर्म गर्ने वास्तविक किसानहरुले पेशा नै परिवर्तन गर्नुपर्ने अवस्था आएको छ । सरकारले लगाएको लगानी वास्तविक किसानसम्म पुग्न पाईरहेको छैन ।

त्यसमा पनि किसानहरुलाई दिईएको सहयोग पश्चातको उपलब्धीका बारेमा जानकारी लिने काम सरकारले गर्न सकेको छैन । जसले गर्दा लगानी लगाईएको स्थानबाट समेत लगानी अनुसारको प्रतिफल पाईएको अवस्था छैन ।

कैलालीको गोदावरी नगरपालिकामै पनि सरकारले मुख्यमन्त्री नमुना कृषि कार्यक्रम सञ्चालन गरेको छ । तर उक्त कार्यक्रममा आवद्ध किसानहरुले उत्पादन गरेका बस्तुहरु बजारीकरणको अभावका कारण विक्रिमा समस्या भोग्दै आईरहेका छन । सरकारले ‘परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादन अनुसारको बजार’ भन्ने नाराका साथ विगत ३ बर्षदेखि सो गोदावरीका वडा नं. ६ र ७ मा उक्त कार्यक्रम संचालन गरिरहेको छ । तर नारा अनुसारको पूर्ण रुपमा सार्थकता भने पाउन भने सकेको छैन् ।

त्यसैले सरकारले वास्तविक किसानको पहिचान गरि कृषकहरुका समस्या सम्बोधन गर्ने काममा पछि पर्नुहुदैन । किसानहरुलाई आवश्यक पर्ने कुराहरुमा सहजीकरण गरी कृषि क्षेत्रको प्रर्वद्धन गर्न सके मात्रै देश नारा अनुसार कृषिमा आत्मनिर्भर बन्न सक्नेछ । कृषिलाई नारामै मात्र सिमित नराखी कृषि क्षेत्रको विकास र कृषकहरुका समस्या समाधानमा सरोकारवाला निकायले तदारुकता देखाउनु आवश्यक छ ।