सुदूरपश्चिम प्रदेश सरकार विस्तारका लागि सामाजिक विकास मन्त्रालयमा जुट्न सकेन सहमति

धनगढी – सुदुरपश्चिम प्रदेश सरकार बिस्तार गर्न सामाजिक विकास मन्त्रालयमा सहमति जुट्न नसक्दा सहमति हुन सकेको छैन । बिहिबार सरकार विस्तार गर्ने भनेपनि सामाजिक विकास मन्त्रालयमा नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले दावी गरेपनि सहमति जुट्न नसकेको हो ।

maya metro hospital

प्रदेश सरकारमा मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकास मन्त्रीमा प्रकाश देउवा र आर्थिक मामिला मन्त्रीमा नरेश शाहीले नेतृत्व सम्हालिरहेका छन् । अन्य ४ मन्त्रालयको नेतृत्व र भागबण्डा मिलाउन मुख्यमन्त्री शाहलाइ अप्ठेरो भएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको नेतृत्वका लागि दुई दलको दाबी रहेको छ ।

नेकपा माओवादी केन्द्रले उद्योग, पर्यटन, वन तथा वातावरण, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नेतृत्व पाउने सहमति भइसकेको छ भने उन्मुक्तिले भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री पाउने छ । प्रदेशको सामाजिक विकास मन्त्रालयमा नेकपा माओवादी केन्द्र र उन्मुक्ति दुबै दलको अडान कायम रहेको छ । नेकपा माओवादी केन्द्रले तीन र उन्मुक्तिले दुई मन्त्रालयमा दाबी गरेपछि सामाजिक विकास मन्त्रालयको नेतृत्व कसलाई दिने भन्ने अहिलेसम्म सहमति जुट्न सकेको छैन् ।

attariya hospital

उन्मुक्तिका नेता रामेश्वर चौधरीले सामाजिक विकास मन्त्रालय र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको नेतृत्व उन्मुक्ति पार्टीले पाउनुपर्ने बताए । त्यही अनुसार हामीले मन्त्रीको नाम पनि टुङ्गो लगाइसकेको उनको दाबी छ । अहिले सम्म सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्री विहीन रहेका छन् ।

मंसिर ४ को चुनाव पछि २७ पुसमा एमालेका राजेन्द्र सिंह रावल मुख्यमन्त्री बनेका थिए । उनले आफूसँगै अन्य दुई मन्त्री पनि नियुक्त गरेका थिए । त्यसबेला पनि सरकारले पूर्णता पाउन सकेको थिएन ।

विश्वासको मत नपाएपछि रावल नेतृत्वको सरकार २६ माघमा ढलेको थियो । चुनाव भएको चार महिना बितिसक्दा पनि सुदूरपश्चिम सरकारले पूर्णता पाउन सकेको छैन । ५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसका १९, माओवादी केन्द्रका ११,एमालेका १०, नागरिक उन्मुक्तिका ७, राप्रपाका १र१जना स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.