अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया क्षेत्रमा मोटरसाइकल चोरी गरेको आरोपमा ३ जना पक्राउ परेका छन । मंगलबार से ७ प ३६९६ नम्बरको मोटरसाइकल चोरी गरी फरार भएका ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा गोदावरी नगरपालिका – ९ बल्मीका २२ वर्षीय केशव चौधरी सहित ३ जना रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख हिरा सिंह महराले बताए ।
उनीहरूलाई जेठ १८ गते केशव ट्रेड लिङ्क अत्तरिया क्षेत्रबाट भएको चोरी घटनापछि प्रहरीले अनुसन्धान थालेको थियो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



















