खाेज्नुहाेस

कञ्चनपुरमा भन्सार छलीकाे मल, विषादी र बीउबिजन बरामद 

Image

कञ्चनपुर – कञ्चनपुर प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका मल, विषादी तथा बीउबिजनसहितका विभिन्न सामान नियन्त्रणमा लिएको छ।

navjiwan hospital

जिल्लाको भीमदत्त नगरपालिका–४ स्थित गल्ली नम्बर ५ क्षेत्रमा मंगलबार वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा रहेका उक्त सामान फेला पारेको हो।

attariya hospital

प्रहरीका अनुसार बरामद गरिएका मल, विषादी, बीउबिजनलगायतका सामानहरूको अनुमानित मूल्य २३ हजार ५ सय रहेको छ। आवश्यक कानुनी प्रक्रिया पूरा गरी उक्त सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।