गोदावरीमा मुख्यमन्त्री कृषि कार्यक्रमको नाराले सार्थकता पाएन

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ६ र ७ मा मुख्यमन्त्री नमूना कृषी कार्यक्रम संचालन भइरहेको छ । ‘परिवर्तित कृषि प्रणाली, मौसम सुहाउँदो खेती, माटो सुहाउँदो उत्पादन, उत्पादन अनुसारको बजार’ भन्ने नाराका साथ विगत ३ बर्षदेखि सो क्षेत्रमा उक्त कार्यक्रम संचालन भइरहेको भएपनि नाराले पूर्ण रुपमा सार्थकता पाउन भने सकेको छैन् ।

maya metro hospital

दुवै वडामा हाल मुख्यमन्त्री नमूना कृषी कार्यक्रम अन्तरगत तरकारी र आलु खेती भइरहेको छ । कार्यक्रम लागु भएपछि किसानहरुले बीउविजन, कृषि उपकरण र प्राविधिक सहयोग पाइरहेका भएपनि बजारीकरणमा भने निकै समस्या भोग्दै आएका छन् ।

joshi vada pasal 2

जिल्लाकै ठूलो कार्यक्रम संचालन हुँदा पनि अहिले पनि सो क्षेत्रका अधिकांस किसान टोकरीमा गाउँगाउँमा तरकारी बिक्रि गर्न बाध्य छन ।

४ कठ्ठा जग्गामा तरकारी खेती गरेका सोहन चौधरीले उत्पादित तरकारी बिक्रीका लागि समस्या हुँदा टोकरीमा गाउँ डुलाउनु पर्ने बाध्यता रहेको बताए । उनले तरकारी खेती बिस्तार र व्यवसायीकरण गर्नका लागि ५० प्रतिशत अनुदानमा च्याम्फा ट्याक्टर पाएका भएपनि बजारीकरण भने परम्परागत हुँदा उल्लेख्य मुनाफा लिन सकिरहेका छैनन् । उनले तरकारी खेती गर्न छाडा गाइगोरुको समस्याले पनि सताउने गरेको बताए ।

अर्का किसान डबल बहादुर बोगटीले मुख्यमन्त्री कृषि कार्यक्रमबाट सहयोग पाएपनि व्यवसायीक रुपमा तरकारी खेती गर्न नसकेको बताए । उनले आगामी दिनमा भने बजारीकरणको समस्या नभएमा थप तरकारी खेती विस्तार गर्ने योजना रहेको बताए ।

गोदावरीका वडा नम्बर ६ र ७ मा ३ बर्ष गोदावरी तरकारी नमूनागाउँ कृषक समन्वय समिति मार्फत कार्यक्रम संचालन गरिएको थियो । उक्त समितिका अध्यक्ष तिलक चौधरी कार्यक्रम सुरु भएको पहिलो बर्ष सहज भएपनि दोस्रो बर्ष देखि उत्पादन बढ्दै जादाँ बजारीकरणमा समस्या भएको बताए । उनले यस कार्यक्रम अन्तरगत बजारीकरणमा विशेष जोड दिनुपर्ने बताए ।

‘किसानहरुले उत्पादन गरेपनि बजारीकरणको समस्या हुँदा किसान निरास हुने गरेका छन । यो समस्या विकराल भएकाले यसको सामाधान खोजिन आवश्यक छ’ उनले भने ‘मुख्यमन्त्री कृषि कार्यक्रम संचालन भएपनि कृषिमा आधुनिकरण हुँदै गएपनि बजारीकरणमा समस्या हुँदा समस्या छ ।’

मुख्यमन्त्री कृषि कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र कैलालीले जिल्लामै गोदावरीका २ वडालाई तरकारीका लागि छनोट गरेपनि तरकारीको बजारीकरणको व्यवस्था नहुँदा समस्या भएको उनले बताए । उनले बजारीकरण नहुँदा विचौलियाले फाइदा लिने गरेको बताए । भारतबाट निर्वाध तरकारी आउने गरेका कारण पनि बजारीकरणमा समस्या भएको उनको तर्क छ ।

दुवै वडामा संचालित ३ बर्षे मुख्यमन्त्री कृषि नमूना कार्यक्रम सकिएर हाल थप ३ बर्षे नयाँ कार्यक्रम सुरु भएको छ । नयाँ कार्यक्रम सयपत्री कृषक समुह मार्फत संचालन गरिएको छ । दुवै वडामा हाल ४० विगाहा क्षेत्रफलमा करिब १९० जना किसानहरुले तरकारी खेती गर्दै आएका छन् ।

कृषि ज्ञान केन्द्र कैलाली अधिकृत जनक राज बोहराले मुख्यमन्त्री नमूना कृषी कार्यक्रम भनेको निरन्तर रुपमा ३ बर्ष चल्ने कृषि ज्ञान केन्द्र कैलालीको सबैभन्दा ठूलो कार्यक्रम भएकाले यसमा सबै पक्ष समेटिने बताए ।

उनले कार्यक्रमको उद्देश्य उत्पादन बढाउनु र आवश्यक पुर्वाधार पुगाउँदै लागत घटाउँदै, आम्दानी बढाएर क्षेत्र विस्तार गराउने रहेको बताए ।
प्रदेश सरकारकी पुर्व राज्यमन्त्री समेत रहनुभएकी चुन कुमारी चौधरीले अधिकांस चौधरी समुदायको बसोबास रहेका दुवै वडामा पहिले देखि नै तरकारी खेती गरिदै आएकाले यसलाई मुख्यमन्त्री नमूना कृषि कार्यक्रममा समेटिएको बताइन् ।

सोही क्षेत्रमा बसोवास गर्दै आउनु भएकी चौधरीले कार्यक्रमलाई सफल बनाउन आफू पदमा नरहे पनि किसानको घर दैलोमा पुगेर अनुगमन गर्ने गरेको बताइन् । उनले किसानको बजारीकरणको समस्या सामाधानका लागि पनि आफूले पहल गर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.