मन्त्रिपरिषद्लाई पुर्णता देउ

निर्वाचन भएको ६ महिना वितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाउन सकेको छैन । प्रदेशमा सो अवधिमा २ पटक मुख्यमन्त्री फेरिसकेका भएपनि कुनै पनि मुख्यमन्त्रीले मन्त्रिपरिषद्लाई पुर्णता दिन सकेका छैनन् ।

maya metro hospital

निर्वाचन पछि पुस २६ मा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा प्रदेशाम सरकार गठन भएको थियो । निवर्तमान मुख्यमन्त्री रावलले नियुक्त गरेका विनाविभागीय दुई मन्त्रीे माओवादीका खगराज भट्टलाई र एमालेकी सन्तोष शर्मा थापा भएपनि रावलले पनि मन्त्रालय पुर्णता दिन सकेनन् ।

भागबन्डाकै किचलो र विश्वासको मत कै कारण मन्त्रिपरिषद् विस्तार गर्न नपाउँदै उनको नेतृत्वको सरकार एक महिनामै ढल्यो । रावल नेतृत्वको सरकार ढलेकै दिन प्रदेशसभाको ठुलो दलको हैसियतमा नेपाली काँग्रेस संसदिय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

attariya hospital

माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले २७ गते कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा प्रकाश देउवा र नेकपा एकीकृत समाजवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रालयका नरेश शाहीलाई नियुक्त गरेका थिए । तर, शाह मुख्यमन्त्री भएको ३ महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्ले पुर्णता पाउन सकेको छैन ।

लामो समय देखि मन्त्रालय मन्त्रि विहिन बन्दा प्रदेशमा विकास निर्माणका काम प्रभावित भएका छन । हाल प्रदेशका ४ मन्त्रालय नेतृत्व बिहीन बन्दा बिभिन्न क्षेत्रमा यस्को असर परिरहेको छ । गत २६ पुसदेखि प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय मन्त्रीविहीन छन । मन्त्रालय मन्त्रीविहीन बन्दा चालु आर्थिक बर्षको बजेट कार्यान्वयनमा समस्या भएको छ ।

प्रदेश सरकार, मन्त्रालय बिस्तार र भागबण्डामै अल्झीएर मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन् । प्रदेश सरकारको आलोचना हुने गरेकोमा त्यसैमा लामो समय सम्म मन्त्रिपरिषद्लाई नै पुर्णता दिन नसक्दा प्रदेश सरकारको आलोचना झन बढेको छ । त्यसैले प्रदेश सरकारले मन्त्रिपरिषद्लाई तत्काल पुर्णता दिई जनजिविकाका सवालमा काम गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.