सुदूरपश्चिममा बर्षाको सम्भावना

अत्तरिया – पश्चिमी र स्थानीय वायुका कारण आज सुदूरपश्चिममा बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

maya metro hospital

महाशाखाका अनुसार‚ आइतबार बिहान कर्णाली‚ लुम्बिनी, गण्डकी‚ बागमती र कोशी प्रदेशका केही भेगमा हल्का वर्षा भइरहेको छ भने राति सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा वर्षा हुने जनाइएको छ ।

सोमबार देशभरको मौसम आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना छ । मधेश प्रदेशका एक–दुई स्थानमा भने हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार पनि मौसम बदली रही देशका विभिन्न्न स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । ‍

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.