अत्तरियामा बसाईसराईको क्रमले तिब्रता पाएको छ । राजधानीको सदरमुकाम तोकिएसँगै यहाँ पहाडी जिल्लाहरुबाट बसाईसरी आउने मानिसको संख्यामा ह्वात्तै वृद्धि भएको छ । जनसंख्या वृद्धि भएपनि आवश्यकताहरु पुर्ववत रहदा यहाँ आवश्यक पुर्वाधारहरुमा समेत संकट उत्पन्न हुन थालेको छ ।
करिब २ दशक देखि अत्तरिया क्षेत्रमा खानेपानी वितरण गर्दै आएको ‘अत्तरिया साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था’ लाई हाल खानेपानी वितरण गर्न हम्मे–हम्मे परिरहेको छ । सुरुमा २४ घण्टा खानेपानी वितरण गर्दै आएको उक्त संस्थाले हाल ४ हजार ७ सय उपभोक्ताका घरमा दैनिक तोकिएको समयमा पनि पानी पु¥याउन सकिरहेको छैन ।
खानेपानीका पुर्वाधार र विस्तारमा करोडौं रकम खर्च हुँदै गइरहेको भएपनि पानीको संकट भने झन–झन बढ्दो छ । खानेपानी संस्थाले पानी वितरण गर्ने भूमिगत श्रोत नै घट्दै जान थालेपछि खानेपानीको संकट बढ्न थालेको हो ।
भूमिगत श्रोतबाट पानी निकाल्नको लागि खानेपानी संस्थाले हालसम्म आधा दर्जन बढी बोरीङ गाडिसकेको छ । ति मध्ये अधिकांसमा पानी आउँदैन । जसका कारण भूमिगत पानी भासिएर आयोजना नै संकटमा पर्ने खतरा बढेको छ । खानेपानी संस्थानले पनि अब विकल्प खोल्नुपर्ने अवस्था आएको बताउन थालेको छ ।
जनसंख्या बढ्दा आवश्यकता पनि बढ्न गए, जसले गर्दा विगतमा एकदमै न्यून व्यक्तिहरुका लागी निर्माण गरिएका पुर्वाधारहरुले माग धान्न सक्ने अवस्था छैन । एकातिर मानिसहरुको माग पुर्तिका लागी बोरिङ जडान गरी भुमिगत स्रोतबाट पानि जुटाउने प्रयासहरु भैरहेका छन । ति प्रयासहरुले गर्दा केही हदसम्म खानेपानीको आवश्यकता पुर्ति पनि गरेको छ । तर पछिल्लो समय बन विनाश, चुरेमा उत्खनन् लगायतका कारणले पानीको भूमिगत जलश्रोत घट्दै गइरहेका छन । पानीको भुमिगत स्रोत घट्दा पानीको आपुर्तिमा पनि कमी आएको छ । जसले यहाँ पानीको मागलाई धान्न सकिरहेको छैन ।
हाल अत्तरियाको तेघरीमा रहेको खानेपानीको ६ लाख घन लिटर ट्याङ्किमा पानी जम्मा गर्नको लागि ३ वटा बोरीङ संचालनमा छन । ति बोरीङबाट पर्याप्त पानी नआउँदा वितरण समस्या हुने गरेको छ । त्यतिमात्र नभई बजार क्षेत्रमा हुने विकास निर्माणका कामले खानेपानीका पाईपहरुमा क्षती पु¥याउँदा पनि यहाँ खानेपानीको समस्या हुने गरेको छ ।
हाल खानेपानीको समस्या सामाधानका लागि वनदेवीमा भूमिगत जलश्रोतकै भरमा थप साढे ४ लाख घन लिटर क्षमताको ओभरहेट ट्याङ्कि र पाइप लाइन विस्तारको काम जारी रहेको छ । नयाँ योजना अन्तरगत वनदेवि मन्दिरमा पनि खानेपानी ट्याङ्कि संगै २ वटा बोरीङ गाडिएको भएपनि उक्त योजना सूचारु हुन सकेको छैन ।
वनदेविमा १३ करोड १९ लाख ८ हजार हजारमा टेण्डर गरेर २०७ सालदेखि काम सुरु गरिएको थियो । २०५८ सालमा स्थापना भएको खानेपानी संस्थाको तेघरीमा संचालनमा रहेको ओभरहेड ट्याङ्कि लगायतका संरचना निर्माण गर्न करिब ४ करोड खर्च गरिएको थियो भने पछि बोरीङ, पाइप लगायतका संरचना थप गर्न ६ करोड खर्च भइसकेको छ ।
अत्तरिया क्षेत्रमा खानेपानी वितरणका लागि करोडौ रकम खर्च गरिदा पनि पानीको श्रोतको भरपर्दो व्यवस्था नहुँदा यस क्षेत्रमा पानीको संकट भने कायमै रहेको छ । सम्बन्धीत निकायले खानेपानीको भरपर्दाे व्यवस्थाका लागी पहलकदमी गरी खानेपानीको संकट न्यूनिकरणमा ध्यान दिनुपर्दछ ।