दार्चुला – दार्चुलामा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । बिसु मेला हेरेर घर फर्किने बेलामा जिल्लाको मार्मा गाउँपालिका –१ घोल्जर पाखु बस्ने वर्ष ५१ कि कुटुमा देवी ठगुन्ना र उनकी नातनी दुई वर्षीया सोनिया धामीको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घुल्जरमा लागेको बिसु जात्रा हेर्न गएका दुई जनाको ज्यान गएको प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सूचना अधिकारी ज्ञानेन्द्र सिंहले बताए ।

शुक्रबार राति बिसु जात्राबाट घर फर्किने क्रममा भिरबाट लडेर बेपत्ता रहेका दुवै जनाको शव शनिबार दिउँसो सुङगर भिरमा भेटिएको प्रहरी निरीक्षक सिंहले जानकारि दिए ।टनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।