खाेज्नुहाेस

दार्चुलामा भिरबाट लडेर दुई जनाको मृत्यु

Image
file photo

दार्चुला – दार्चुलामा भिरबाट लडेर दुई जनाको मृत्यु भएको छ । बिसु मेला हेरेर घर फर्किने बेलामा जिल्लाको मार्मा गाउँपालिका –१ घोल्जर पाखु बस्ने वर्ष ५१ कि कुटुमा देवी ठगुन्ना र उनकी नातनी दुई वर्षीया सोनिया धामीको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

navjiwan hospital

घुल्जरमा लागेको बिसु जात्रा हेर्न गएका दुई जनाको ज्यान गएको प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सूचना अधिकारी ज्ञानेन्द्र सिंहले बताए ।

attariya hospital

शुक्रबार राति बिसु जात्राबाट घर फर्किने क्रममा भिरबाट लडेर बेपत्ता रहेका दुवै जनाको शव शनिबार दिउँसो सुङगर भिरमा भेटिएको प्रहरी निरीक्षक सिंहले जानकारि दिए ।टनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।