
महेन्द्रनगर – कञ्चनपुरका पत्रकार खेम भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन । उनले शुक्रबार सभापति लामिछानेविरुद्ध अख्तियारमा अनलाइनमार्फत उजुरी दिएका हुन ।
गृहमन्त्री हुँदा लामिछानेले राष्ट्रिय परिचयपत्र रुजुसम्बन्धी गैरकानुनी कार्यविधी बनाएर भ्रष्टाचार गर्ने नियतले ठेक्का आव्हान गरेको विषयमा उजुरी दिएको पत्रकार भण्डारीले बताए । उनले आफुले अनलाईनमार्फत दिएको उजुरी दर्ता भैसकेको समेत बताए ।















