अत्तरिया – कैलालीको अत्तरियामा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ । ब्रह्मकुमारी ईश्वरिय विश्वविद्यालयले नयाँ वर्षको अवसर पारी शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो ।

गोदावरी नगरपालिकाका नगरप्रवत्ता एवम् वडा नं. १ का वडाध्यक्ष गोपालदत्त भट्टको विशेष आतिथ्यमा आयोजित कार्यक्रमलाई ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयकी सञ्चालीका ब्रह्मकुमारी रबिनाले सम्बोधन गरेकी थिईन ।

उनले वर्षको पहिलो दिन भगवानको दर्शन सँगै सबैको एकआपसमा मेलमिलाप गराउन कार्यक्रम आयोजना गरिएको बताईन । उनले कार्यक्रमले सबैमा एकताको भावना र आपसी मेलमिलाप प्रगाढ हुने विश्वास व्यक्त गरिन । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
















