खाेज्नुहाेस

बैतडीमा कांग्रेसको संगठन सुदृढीकरण अभियान शुरु

Image

बैतडी – नेपाली कांग्रेस बैतडीले संगठन सुदृढीकरण अभियान शुरु गरेको छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशकार्य समितिको कार्यक्रम अनुसार संगठन सुदृढीकरण अभियान शुरु गरिएको नेपाली कांग्रेस बैतडीका उपसभापति बीरबहादुर बिष्टले जानकारी दिए ।

navjiwan hospital

जिल्लाका १० ओटै स्थानीय तहमा संगठन सुदृढीकरण अभियान अन्तर्गत कार्यक्रम सञ्चालन गरिने उनले बताए । शनिबार अभियान अन्तर्गत सुर्नया गाउँपालिका वडा नं. ५ मा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

attariya hospital

सो अभियानमा पार्टीका सुदूरपश्चिम प्रदेश समिति सदस्य जनकबहादुर बिष्ट, पार्टीका उपसभापति खगेन्द्रसिंह धामी, बैतडी प्रदेश सभा क्षेत्र न १ का सभापति विष्णुदत्त भट्ट, सुर्नयाका ८ ओटै वडाका कांग्रेसका पदाधिकारी र कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

अहिले प्रदेश सभा क्षेत्र नं १ का अभियान सञ्चालन भइरहेको र त्यसपछि प्रदेशसभा क्षेत्र नं २ मा अभियान सञ्चालन हुने उपसभापति बिष्टले बताए । प्रदेश सभा क्षेत्र नं १ मा अभियान सञ्चालनका लागि प्रदेश कार्यसमितिले सुदूरपश्चिम प्रदेश समिति सदस्य जनकबहादुर बिष्टलाई प्रतिनिधि खटाएको छ ।