सांसद बलायर सुदूरपश्चिमको राजधानीका बारेमा बोल्दै गर्दा सभामुखले रोके

अत्तरिया – नेपाली कांग्रेसका सांसद् वीरवहादुर बलायरलाई बोल्दाबोल्दै प्रतिनिधिसभामा रोक लगाइएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकको आकस्मिक समयमा बोलिरहेका सांसद् बलायरलाई सभामुखले रोकेका हुन ।

maya metro hospital

उनले आकस्मिक समयमा उठाएको विषय सान्दर्भिक नभएको भन्दै सभामुख घिमिरेले रोकेका थिए ।

joshi vada pasal 2

बलायरले बैठकमा सुदुरपश्चिमको राजधानीलाई केन्द्रीय सरकारले भोगाधिकार दिन नसकेको भनिरहँदा उनको भनाइ सभामुखले रोकेका हुन् ।

‘सुदूरपश्चिमको राजधानी त्यहाँको संसदले २०७५ सालमा दुई तिहाइबाट तय गर्दा पनि अहिले सम्म केन्द्रिय सरकारले भोकाधिकार दिन नसकेको जटिल परिस्थिति सृजना भएको छ’ बलायरले भने ।

उनले यती भन्ने बितिकै सभामुखले माइक काटेका थिए । उनले आकस्मिक समयमा अघिल्लो बैठक र आजको बैठकको बिचको घटना वा विषयमा मात्र उठान गर्न पाइने भएकाले अनले आफ्ना कुरा रोक्न भनेका थिए । त्यसपछि सांसद बलायर नबोलेर बसेका थिए ।

भिडियो

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.