
बैतडी – बैतडीमा जिपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश ०१००१ ज १२९४ नम्बरको जिपले गौरालाई गोकुलेश्वर–गन्ना सडकखण्ड अन्तर्गत धौंकुचेमा सडकमा हिँडिरहेका वेला बुधबार ४ बजेतिर ठक्कर दिएको खत्रीले बताए । जिपको ठक्करबाट गौराको घटनास्थलमै मृत्यु भएको हो ।
जिप चालक डिलाशैनी गाउँपालिका–१ रोशन राना र जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















