अत्तरिया – सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैधनाथ बाहिनी मुख्यालयले आफ्नो २२ औं स्थापना दिवस मनाएको छ । बुधबार सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक चन्द्र प्रकाश गौतमको प्रमुख आतिथ्यतामा बाहिनीले पहिलो पटक स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै महानिरिक्षक गौतमले स्थापना देखि हाल्सम्म सशस्त्र प्रहरी बल नेपालले विभिन्न आरोह अवरोहहरु पार गरेको अगाडी बढेको बताए ।


उनले अग्रजहरुले बगाएको रगत पसिनाको परिणाम स्वरुप हालको सशस्त्र प्रहरी बल रहेको बताउदै सशस्त्र प्रहरी बलले देशको सुरक्षाको लागि जस्तो सुकै त्याग गर्न पनि तयार रहेको बताए । सशस्त्रहरुको संगठित टिमको एउटै उद्देश्य राष्ट्र सेवा रहेको उनको भनाई थियो ।
कार्यक्रममा नेपाली सेनाको सुदूरपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी विजय थापा बिशिष्ट अथिति रहेका थिए ।
कार्यक्रममा स्थापना दिवसको पुर्वसन्ध्यामा आयोजित विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट ससस्त्र प्रहरी जवानहरुलाई पुरस्कृत गरिएको थियो । त्यसका साथै मुख्यालयलाई सहयोग गर्ने विभिन्न संघसंस्थाहरुलाई पनि कार्यक्रममा दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।

दिवसको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी जवानहरुले सुदूरपश्चिमका कला संस्कृती झल्कने विभिन्न सांस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

यसैबीच कार्यक्रमका प्रमुख अतिथी गौतमले मुख्यालयको स्थापनाको अवसरमा केक समेत काटेका थिए । मुख्यालयको स्थापना २०५८ साल चैत २२ गते भएको थियो । सोही उपलक्ष्यमा मुख्यालयले यस बर्ष देखि स्थापना दिव मनाउन थालेको हो ।

























