डोटी – डोटीमा एक घर भित्र चितुवा पसेको छ । सायल गाउँपालिका – ५ पटकानी टोलमा रहेको देबबहादुर बोगटीको घरमा चितुवा पसेको हो । एक्कासी घरभित्र चितुवा पसेपछि अहिले स्थानीयको भागाभाग भएको छ ।

अहिले चितुवालाई नियन्त्रण लिन डिभिजन वन कार्यालयको टोली सो क्षेत्र तर्फ गइरहेको जनाइएको छ । चितुवा घरमा पसेपछि अहिले सम्म मानविय क्षती भने नगरेको स्थानीयले बताएका छन् ।

यसअघि पनि असार ३ गते डोटीकै दिपायल सिलगढी नगरपालिका – ७ उडितोलामा घरभित्र चितुवा पसेको थियो । उक्त चितुवाले २ जनालाई घाइते भनाएको थियो । उक्त चितुवा भने आफै पछि घरभित्रबाट निस्किएर वनतर्फ गएको थियो ।
















