खाेज्नुहाेस

सुरक्षाको माग गर्दै कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी मल्लले दिए जिप्रकामा उजुरी

Image

अत्तरिया – धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एक जना विद्यार्थीले सुरक्षाको माग गर्दै जिल्ला प्रहरी कार्यालय (जिप्रका) कैलालीमा उजुरी दिएका छन । क्याम्पसमा अध्ययनरत विद्यार्थी तेज जंग मल्लले आफ्नो जिउज्यानको सुरक्षाको माग गर्दै प्रहरीमा उजुरी दिएका हुन ।

navjiwan hospital

यही चैत १२ गते सम्पन्न स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघ –नेविसंघ) का तर्फबाट सहसचिवकी उम्मेदवार सुमिता खड्काले आफुलाई जिउ ज्यान मार्नै धम्की दिएको उनले उजुरी पत्रमा बताएका छन । उम्मेदवार खड्काले तेरो पेटमा चक्कु हान्दिन्छु, तेरो टाउकोमा लगाएको टोपी समातेर फाल्दिन्छु लगायतका अशभ्य र असुरक्षित भाषाहरु प्रयोग गरि क्याम्पसको ब्लक ए मा १० जना विद्यार्थी अगाडी नै ज्यान मार्ने धम्की दिएको उजुरीमा उल्लेख गरिएको छ ।

attariya hospital

मल्लले उजुरीमा खड्काको धम्की कै कारण आफुले असुरक्षित महसुस गरेकाले खड्कालाई आवश्यक कारबाही गरी आफुलाई सुरक्षित हुने वातावरण सृजना गरिदिन आग्रह गरेका छन ।