खाेज्नुहाेस

गोदावरीको उद्गम स्थलमा पहिलोपटक तिन दिने ध्यान शिविर आयोजना

Image

अत्तरिया – कैलालीको गोदावरी नदीको उद्गम स्थलमा तिन दिने ओशो ध्यान शिविर आयोजना गरिएको छ । गोदावरी धाम देखि करिब ४ घण्टाको पैदल यात्रा गरेर पुगिने शहस्त्र धारामा पहिलो पटक भारतको भिमतालबाट आएका स्वामी शुन्यम प्रकाशको प्रशिक्षणमा ध्यान शिविर आयोजना गरिएको हो । ओशो एड्भेन्चर मेडिटेसन यात्रा नाम दिइएको उक्त शिविरमा यस क्षेत्रका २५ जनाले सहभागिता जनाएका थिए ।

उनीहरुले ३ दिन सम्म सोही क्षेत्रमा क्याम्प लगाएर ध्यान गरेका थिए । ध्यान शिविरका संयोजक गणेश शाहले गोदावरीको उद्गम स्थलमा पहिलो पटक ध्यान शिविरको आयोजना गरिएको बताए । उनले सो क्षेत्रलाई आफूले ध्यान गर्नका लागि एकदमै उपयुक्त ठाउँको रुपमा पाएको बताए ।

attariya hospital

‘परिकल्पनामा मात्रै रहेको उक्त स्थानको बयान गर्नै गार्हो छ किनकि यो एउटा अदभुत स्थान छ’ उनले भने ‘निश्चल पानी कलकलाउदो आवाज चारै ती सहस्त्र धारा दैविक शक्तिको मुल केन्द्र जहाँ पुग्दा मन नै फुरुङ्ग भयो ।’

navjiwan hospital

उनले आफ्नै ठाउँमा यति महत्वपूर्ण स्थान हुँदा पनि यसको पहिचान हुन नसक्दा अहिले सम्म ओझेलमा परेको बताए ।

‘हाम्रो नजिकै यति महत्वपूर्ण स्थान हुँदा हुँदै हामी यत्रतत्र भौतारिरहेका छौँ’ उनले भने ‘यस क्षेत्रको प्रचार प्रसार गर्न सके यो एक ध्यान केन्द्रका रुपमा विकास हुन सक्छ ।’

उनले ध्यान शिविरमा वडा नम्बर ४ का वडासदस्य शेरबहादुर घर्तीको अगुवाईमा स्थानीयबाट उल्लेख्य सहयोग पाएको बताए ।