विद्यार्थी देशको भविष्य हो । असल विद्यार्थीले देशको विकासमा अहम योगदान दिने गर्दछ । विद्यार्थी समाजबाट या विद्यालयबाट त्यही कुरा सिक्ने गर्दछ, जुन विद्यार्थीलाई सिकाईएको हुन्छ । समग्रमा समाजको व्यवहारले विद्यार्थीहरुको भविष्यको निर्माण गर्दछ । हामीले असल समाजको निर्माण गरे विद्यार्थीहरुले पनि समाजबाट असल कुरा सिक्दछ र त्यसले पनि त्यसै अनुसारको व्यवहार समाजलाई दिने गर्दछ ।
विद्यार्थी देशका गहना हुन । देशले विद्यार्थी र विद्यालयहरुमा करोडौ लगानी गरेको छ । सबैलाई शिक्षाको पहुँचमा पु¥याउने भन्दै सरकारले मावि तहसम्म निशुल्क शिक्षाको व्यवस्था पनि गरेको छ । अहिलेका विद्यार्थी भोलिको देश निर्माणका संवाहक हुन । देशलाई आर्थिक, सामाजिक तथा भौतिक रुपमा सम्पन्न बनाउन पनि शिक्षित समाजको निर्माण गर्न आवश्यक छ, जसको सुरुवात विद्यार्थीहरुबाट नै सम्भव छ ।

कक्षाकोठामा पढेका विषयको परिक्षा मार्फत मुल्यांकन हुने गर्दछ । जसकारण विद्यार्थीहरुले परिक्षाको लागी सबैभन्दा बढी मेहनत गरेका हुन्छन । वर्तमान समयमा छ । उच्च शिक्षा हासिल नगरेको मानिसले कुनै पनि स्थानमा केही गर्न सक्ने अवस्था छैन । त्यसैले पनि परिक्षामा उत्कृष्ट नतिजा हासिल गरी उज्जव भविष्य निर्माण गर्ने सपना विद्यार्थीहरुले बोकेका हून्छन ।

तर, बिहीबार परिक्षाकै विषयलाई लिएर विद्यार्थीहरु आन्दोलनमा उत्रिए । कैलालीको लम्की बहुमुखी क्याम्पसका विद्यार्थीहरु परिक्षा केन्द्र अन्यन्त्र भएको भन्दै आन्दोलित भएका थिए ।
उक्त क्याम्पसमा अध्ययनरत करिब डेढ सय विद्यार्थीहरुलाई परिक्षा दिन जानका लागि करिब १५ किलोमिटर थप हिड्नुपर्ने बाध्यता रहेको छ । आफु अध्ययनरत क्याम्पस पुग्नकै लागि करिब १ घण्टा हिड्नुपर्ने अवस्था रहेका विद्यार्थीहरुलाई अझै बाहिर ठाउँमा जाँदा समस्या हुने देखिएको छ । उनिहरुले आफु अध्ययनरत क्याम्पसमा नै परिक्षा केन्द्र हुनुपर्ने माग राखेका थिए ।
विद्यार्थीहरुका लागी परिक्षा सबै भन्दा महत्वपुर्ण कुरा हो । त्यसैले विद्यार्थीहरुलाई सहज वातावरणमा परिक्षा दिने अवस्था हामीले सृजना गर्नुपर्दछ । भोलीको भविष्य बोकेर हिडेका विद्यार्थीहरुलाई सानो कुराले पनि मानसिक तनाव हुन सक्दछ, त्यसमाथी परिक्षाको विषय उनिहरुको अस्तित्वको विषय पनि हो ।
त्यसैले विद्यार्थीहरुलाई तनाव मुक्त बनाउने र उनिहरुलाई सहज रुपमा परिक्षा दिने वातावरण सृजना गर्न सरोकारवाला निकायले कन्जुस्याई गर्नुहुदैन ।

















