अस्पतालमै उपचार नपाएर छट्पटाउँदै गोदावरीका प्रेम दास

अत्तरिया – उपचारका लागि भारतको बरेली पुगेका प्रेम दास चौधरी अस्पतालमै उपचार नपाएर छट्पटाउनु पर्ने अवस्था आएको छ । कैलालीको गोदावरी नगरपालिका – ४ खैराना घर भएका चौधरी फागुन १४ गते घरमै बसेका बेला एक्कासी ढलेर बेहोस् भएका थिए । चौधरीको १२ दिन पछि होस खुलेपनि अझै बोल्न सक्ने अवस्थामा छैनन् । साँझ आगनमा एक्कासी बेहोस भएर ढलेका उनलाई धनगढीमा रहेको माया मेट्रो अस्पतालमा उपचारका लागि लगिएको भएपनि त्यहाँ उपचार सम्भव नभएको भन्दै परिवारका आफन्तले दोस्रो दिन भारतको बरेली लगेका थिए । बरेलीमा रहेको खुस्लोक हस्पिटलमा उपचाररत चौधरीलाई ब्रेन हेमरेज भएको अस्पतालले जनाएको छ । जसको उपचारका लागि साढे ४ लाख भारतीय रुपैयाँ आवश्यक पर्ने अस्पतालले जनाएको छ ।

maya metro hospital

४५ बर्षीय चौधरीको साथमा उनकी श्रीमती र २२ बर्षिय छोरा सुमन रहेका छन । सुमनले हाल अस्पतालले भनेजतीको रकम दिन नसक्दा औषधी समेत दिन आनाकानी गरिरहेको बताएका छन् । ‘बुवालाई १४ दिन आइसीयूमा राखिएको थियो । अहिले सीसीयुमा राखिएको छ’ उनले भने ‘बुवालाई केही सन्चो भएपनि हाल अस्पतालले बिल तिर्न धेरै भएको भन्दै औषधी पनि दिन अस्पतालले मानिरहेको छैन् ।’ उनले अस्पतालमा हालसम्म ढाई २ लाख बढीको बिल आइसकेको भएपनि आफूहरुले १ लाख जति मात्रै तिर्न सकेको बताएका छन । अस्पतालले बिल तिर्न नसकेको भन्दै उपचार रोक्न थालेपछि अहिले विरामी बुवा संगै उनीहरु बिचल्लिमा परेको छ ।

सुमनले सीसीयु बेडमा दैनिक ९ हजार ५ सय चार्ज रहेको र, त्यसमा दैनिक १३ हजारको औषधी आवश्यक पर्ने गरेको बताए । ‘दैनिक बेडको चार्ज नमागेपनि औषधी किनेर ल्याउ भन्छन्’ उनले भने ‘केही दिन त नेपालमा भएका आफन्त संग पैसा मागेर औषधी ल्याएका थियौ । अहिले खाना खानको लागि पनि पैसा नहुँदा औषधी किन्न सकिरहेका छैनौ । अस्पतालले उधारोमा दिन मानिरहेको छैन ।’

attariya hospital

उनले अस्पतालले घर लिन पनि नदिएको बताए । ‘पैसा तिर, अनी लगेर जाउँ भन्छन् । आफू संगै अहिले एक छाक खानको लागि पनि पैसा छैन्’ उनले भने ‘अस्पतालले उपचार गराउन औषधी बाहेक साढे चार लाख खर्च लाग्छ भनिरहेको छ । आफूसंगै पैसा नै छैन । घर पनि आउन दिइरहेका छैनन् ।’

उनले पैसाको अभावका कारण आफू निकै समस्यामा परेको बताएका छन् । उनले पुरा उपचार गराउन नसकेपछि अस्पतालको बिल तिरेर घर ल्याउन भएपनि सहयोग गरिदिन आग्रह गरेका छन् ।

सुमन दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बिए तेस्रो बर्षमा अध्ययनरत विद्यार्थी हुन । उनी आफै पनि मजदुरी गर्दै पढिरहेका थिए । उनका वुवा अत्तरियामै रहेको एभरेष्ट एकेडेमीको स्कुल बसमा सहचालकका रुपमा काम गर्दै आएका थिए । सुमनकी आमा गृहणी हुन भने उनका भाई पनि कक्षा १० मा अध्ययनरत रहेका छन् । न्यून आर्थिक अवस्था भएको उनका परिवारका मुली अर्धचेत अवस्थामा भारतको अस्पतालमा छट्पटाइरहदा उनको परिवारको बिचल्ली परेको छ ।

जटिल समस्या संग जुधिरहेका चौधरीको उपचार निकै खर्चिलो भएकाले उनीहरु अहिले आर्थिक सहयोगका लागि हारगुहार गर्न बाध्य छन् । सुमनले अहिले एक जना पनि नचिनेको ठाउँमा केही उपाय नलागेर फेसबुक, वर्डसपबाट सहयोग गरिदिन् नेपालमा चिनेजानका आफन्त साथिभाइहरुलाई सहयोग रकम जुटाइदिन आग्रह गरिरहेका छन् ।

‘नेपालमा भएका आफन्तलाई सम्पर्क गर्न पनि सिमकार्ड थिएन’ उनले भने ‘एकजना एम्बुलेन्स चालकले आफ्नो आइडी दिएर मलाई भारतीय सिमकार्ड उपलब्ध गराएका छन । त्यसबाट अहिले इन्टरनेट फोन चलाइरहेको छु ।’

सुमनको ह्वाटसएप नम्वत ९८११६५९०५२ मा सम्पर्क गरेर वा कुमारी बैंकको अत्तरिया शाखामा रहेको खाता नम्बर ०७५००९८०७४८००००१ रकम जम्मा गरेर सहयोग गरिदिन आग्रह गरेका छन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.