खाेज्नुहाेस

ट्राफिक नियमको पालना गरौं

Image
file photo

पछिल्लो समय ट्राफिक नियमको बेवास्ता गर्ने परिपाटी मौलाएको छ । जसले गर्दा दिनानुदिन दुर्घटना हुने क्रम बढीरहेको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको तथ्यांक अनुसार सुदूरपश्चिममा चालु आर्थिक वर्षमा दुर्घटनाकै कारण एक सय भन्दा बढी व्यक्तिले ज्यान गुमाईसकेका छन् ।

चालु आर्थिक वर्षको ७ महिनामा दुर्घटनाले १ सय भन्दा बढी व्यक्तिको मृत्यु भैसक्दा वर्षको अन्तिम सम्म त्यो संख्या बढ्ने निश्चित नै छ । चालु आर्थिक वर्षको ७ महिनाको तथ्यांक हेर्दा १ सय ७० वटा सवारी साधन दुर्घटना भएका छन । जसबाट १ सय ३ जनाले ज्यान गुमाएका छन भने १ सय ४१ जना गम्भीर घाईते भएका छन । दुर्घटनाकै कारण १४ वटा पशुचौपायाहरुको समेत मृत्यु भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाको तथ्यांक अनुसार चालु आर्थिक वर्षको माघ मसान्त सम्म सुदूरपश्चिममा सवारी दुर्घटनामा परी १ सय ३ जनाको ज्यान गएको हो । जसमध्ये सबैभन्दा बढी कार्तिकमा २७ जनाले ज्यान गुमाएका छन । चालु आर्थिक वर्षको श्रावणमा ११, भदौमा ९, असोजमा १२, मंसिरमा २२, पुषमा १२ र माघमा १० जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाईसकेका छन् ।

attariya hospital

आर्थिक वर्ष २०७६/०७७ मा २ सय ५ सवारी दुर्घटनाका कारण १ सय ४३ जनाले ज्यान गुमाएका थिए भने २०७७/०७ मा ५ सय ६२ सवारी दुर्घटनामा परी १ सय ८७ जनाले ज्यान गुमाएका थिए । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८/०७९ मा पनि ५ सय १ सवारी दुर्घटनामा परी १ सय ९६ जनाले ज्यान गुमाएका थिए ।

navjiwan hospital

नेपालमा सडक दुर्घटना हुने प्रमुख कारणहरुमा सडकको अवस्थ, सवारी साधनको अवस्था र सवारी चालकको अवस्थालाई लिइने गरिन्छ । अन्य कारणहरुमा बाटो काट्ने बटुवा, जनावरहरु र सवारी साधनमा यात्रा गर्ने यात्रु पनि दुर्घटनाको कारण बन्ने गरेको पाइन्छ । पछिल्लो समय मादक पदार्थ सेवन गरी वा अन्य विभिन्न नसायुक्त पदार्थहरुको सेवन गरी सवारी साधन चलाउने कार्यले दुर्घटनालाई अझ प्रशय दिईरहेको छ ।

सवारी साधनलाई तिब्र गतीमा चलाउदा पनि दुर्घटनाको उच्च जोखिम हुने कुरा थाहा हुँदा हुदै पनि युवावस्थाका केटाकेटीहरुले तिब्र रुपमा सवारी साधन चलाउने गर्दछन । जस कारण पनि पछिल्लो समय दुर्घटना अझै बढीरहेको छ । सवारी दुर्घटना कम गर्न कुनै एक पक्षमात्रै लागेर हुँदैन । यसमा सरकार, निजी क्षेत्र तथा आम जनताको साथ र सहयोग आवश्यक पर्छ ।

नेपालमा दुर्घटना हुने मुख्य तीन कारणमा सडक, साधन र चालक रहेका छन । यी तीनपक्ष नै सुदृढ अवस्थामा नभएकैले दुर्घटना बढेको पाइन्छ । यदि यी अवस्थाहरु ठीक छन् भने दुर्घटना कम हुन सक्छ र ठीक छैन भने सवारी दुर्घटना बढी हुने गर्छ ।

सडकको अवस्थाका बारेमा सरकारले ध्यान दिन आवश्यक छ भने आफ्नो सवारी साधनको अवस्थाको बारेमा स्वयम् सवारी चालकले ध्यान दिन जरुरी हुन्छ । सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक नियमको पालना गर्न आवश्यक छ । ट्राफिक नियमको पालना गर्न सके धेरै हदसम्म दुर्घटना न्युनिकरण हुने देखिन्छ । तसर्थ सुरक्षित रुपमा सवारी चलाई ट्राफिक नियमको पालना गरौ ।