खाेज्नुहाेस

लघुवित्त पीडितका पीडा सुनौं

Image

ग्रामिण अर्थतन्त्र उकास्नका लागि स्थापना गरिएका लघुवित्तले आफूखुसि नियम बनाएर कमाउ धन्दामा लागेपछि अहिले लाखौं महिला पीडित बनेका छन् । नजानिदो तरिकाले शाहु महाजन जस्तै चर्को ब्याज असुलेर मुनाफा कमाउन उद्धृत यस्ता लघुवित्तका कारण अहिले यिनीहरुमा आवद्ध महिलाको उठिवास नै लागेको छ ।

गाउँमै बचत गर्न पाइने, आवश्यक परेका बेला सहुलियत व्याजमा ऋण पाउने आशामा यस्ता लघुवित्तमा आवद्ध भएका महिलालाई अहिल विभिन्न नाममा शुल्क उठाएर लुट्न थालेका छन् ।

attariya hospital

जसका कारण पछिल्लो समय आफ्नो आर्थिक समृद्धिको सपना देखेर यस्ता लघुवित्तमा आवद्ध महिलाहरुको आर्थिक अवस्था धरासायी बनेको छ । केही लघुवित्तले बिभिन्न प्रलोभन देखाएर रकम जग्गा गरेर अहिले सावा समेत फिर्ता दिन नसक्ने भन्दै कार्यलयमा चाल्चा लगाएर बसेपछि बचत गरेकाहरुको विचल्ली बनेको छ । झिक्न नमिल्ने गरी गरेको बचतमा लघुवित्तहरुले ३ प्रतिशत व्याज दिने र ऋणको १५ प्रतिशत व्याज लिने गरेका छन ।

navjiwan hospital

लघुवित्तमा अहिले देशभर ५८ लाख महिलाहरु आवद्ध भएको तथ्याङ्क छ । जसमा ३३ लाख महिलाहरुले ऋण लिएका छन भने २५ लाख महिलाहरुले आफ्नो पैसा बचत गरेका छन । पछिल्लो समय लघुवित्तहरुले नजानिदो तरिकाले लुटिरहेको भन्दै यसमा आवद्ध महिलाहरु सडकमा उत्रिएपछि अहिले स्वयः लघुवित्त पनि जोखिममा परेका छन ।

तर, लघुवित्तहरुले वचतकर्ताको सावा फिता नदिने तर, आफूले लगानी गरेको ऋण भने जस्तोसुकै अवस्थामा पनि उठाउन प्रवृतिका कारण अहिले लघुवित्त संचालक र सेवाग्राही बीच द्धन्द्ध बढेको छ ।

लघुवित्तले विना धितो सामुहित जमानतमा ऋण लगानी गरेर आफुले लगानी गरेको ऋण असुल गर्न साहु महाजन कै शैलिमा हिड्न थालेपछि द्धन्द्ध बढेको छ । जसका कारण धेरै महिला भाग्ने, आत्महत्या गर्ने, परिवारमा झगडा हुने समस्याबाट गुज्रिरहेका छन । यस्तो अवस्थामा पनि लघुवित्तहरुले भने आफ्नो ऋण लगानी उठाउन छोडेका छैनन् भने वचकर्ताको सावा भने फिर्ता गर्न नसकिने भन्दै रोकेर राखेका छन ।

जसका कारण पीडित महिला अहिले संगठित भएर लघुवित्तका विरुद्ध संघर्ष गरिरहेका छन । एक दशक देखि नै लघुवित्तमा जम्मा गरेको रकम संकटमा परेर पीडित संघर्ष गरिरहेका भएपनि राज्यले भने उनीहरुका समस्या सुन्न खासै चासो देखाएका छैनन् ।

वचतकर्ताको बचत फिर्ता नदिने, तर, बिभिन्न बाहानामा तिनै बचतकर्ताबाट पैसा उठाएर हिसाव किताव पनि नदिने लघुवित्त विरुद्ध आन्दोलित महिलाहरुका समस्या नसुन्दा उनीहरु झन झन पीडामा परेका छन । जसका कारण बिभिन्न अप्रिय घटना पनि घट्ने क्रम बढ्दो छ । त्यसैले राज्यले यस सम्बेदनसिल बिषयमा गम्भिर बनेर चाडो भन्दा चाडो समस्या सामाधान तर्फ अग्रसर हुन आवश्यक छ ।